
काठमाडौं ।
स्मार्टफोन कम्पनीहरूले अब ५जी टेक्नोलोजीसहित सस्तो स्मार्टफोनहरू ल्याउँदैछन् । यसैबीच, रियलमीले पनि आफ्नो सस्तो ५जी फोन रियलमी ७ फाइभजी लन्च गर्न गइरहेको छ।
यस फोनको मूल्य ३५ हजार रुपैयाँ भन्दा कम हुन सक्ने बताइएको छ। यो फोन धेरै देशहरूमा उपलब्ध गराउने अनुमान गरिएको छ । यो फोन रियलमी भी५ को ग्लोबल संस्करणको रूपमा देखिएको छ।
रियलमी ७ फाइभजी सम्बन्धी कुनै आधिकारिक विवरण खुलाइएको छैन, तर टिपस्टरका अनुसार, रियलमी ७ फाइभजी फोन ६जीबी र्याम र ८ जीबी र्याममा आउनेछ । जसको मूल्य क्रमश १४९९ यूआन र १८९९ यूआन हुनेछ । यसको स्टोरेज अप्सन १२८ जीबी हुनेछ ।
रियलमी ७ फाइभजी स्मार्टफोनमा ६.५ इन्चको होल पन्च भएको डिस्प्ले उपलब्ध हुनसक्नेछ भने यसको, जसको रिफ्रेस रेट ९० हर्ज हुनसक्छ। यो फोनमा अक्टा कोर मिडियाटेक डाइमेन्सिटी ७२० प्रोसेसर हुनेछ भने पावरका लागि यसलाई ५,००० एमएएचको ब्याट्री उपलब्ध हुनेछ ।
फोटोग्राफीका लागि ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप हुनेछ । जसमा ८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्स र २।२ मेगापिक्सेलको डेप्थ सेन्सर र म्याक्रो लेन्स रहनेछ ।सेल्फीका लागि भने १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ । एजेन्सी
प्रकाशित: २८ कार्तिक २०७७, शुक्रबार