टिकटक सबैभन्दा धेरै डाउनलोड हुने एपको शिर्ष स्थानमा कायमै, दोस्रोमा भने ह्वाट्सएप

  • Technology Khabar | २६ कार्तिक २०७७, बुधबार
टिकटक सबैभन्दा धेरै डाउनलोड हुने एपको शिर्ष स्थानमा कायमै, दोस्रोमा भने ह्वाट्सएप

काठमाडौं ।

पछिल्लो समयमा विवादमा पर्दै आएको भिडियो शेयरिङ्ग एप टिकटक विश्वव्यापीरुपमा सबैभन्दा धेरै डाउनलोड गरिएको एपमा पर्न सफल भएको छ।

चिनियाँ एप टिकटक लगातार छैटौँ पटक विश्वको सर्वाधिक डाउनलोड भएको एप बन्न सफल भएको हो।

सेन्सर टावरले सार्वजनिक गरेको २०२० अक्टोबरको चार्टमा उक्त एपले फेरि एकपटक अन्य ठूला एपलाई पछाडी पारेको देखाइएको छ।

६ करोड ६० लाख इन्स्टल सहित टिकटकले ह्वाट्स्याप, फेसबुक, इन्स्टाग्राम र जुमलाई पछि पारेको छ।

टिकटकको डाउनलोड संख्या गत वर्षको भन्दा ९.५ प्रतिशतले वृद्धि भएको सेन्सर टावरको रिर्पोटले देखाएको छ। गत मेमा नै टिकटकले शीर्ष स्थान हासिल गरेको थियो। त्यसलगत्तै एपले आफ्नो स्थान कायम राखेको छ।

टिकटकले समग्र एप डाउनलोड सूचीमा मात्र नभइ गूगल प्ले स्टोर र एप्पल एप स्टोरको डाउनलोड सूचीमा पनि शीर्ष स्थान हात पारेको छ।

टिकटकपछि भने समग्र डाउनलोडमा मेसेजिङ्ग एप ह्वाट्सएप रहेको छ भने तेस्रो स्थानमा फेसबुक तथा चौथोमा इन्स्टाग्राम र पाँचौंमा जूम रहेको छ । ह्वाट्सएप ५७ मिलियन डाउनलोड भएको तथ्यांकमा देखिन्छ ।

रिपोर्टकाअनुसार चिनियाँ एप टिकटकका यूजरले ११५ मिलियन डलर खर्च गरेका छन् जून अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ६.७ प्रतिशत धेरै हो ।

टिकटकको ८६ प्रतिशत आम्दानी चिनियाँ टिकटक भनेर चिनिने दोयूनबाट आउँछ भने ८ प्रतिशत अमेरिका र २ प्रतिशत टर्कीबाट आम्दानी हुने गरेको छ ।

प्रकाशित: २६ कार्तिक २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार