१८०० मेगाहर्ज ब्याण्डमा पाएको फ्रिक्वेन्सी प्रयोग गर्न प्राविधिक तयारी गर्दै नेपाल टेलिकम

  • Technology Khabar | १८ कार्तिक २०७७, मंगलवार
१८०० मेगाहर्ज ब्याण्डमा पाएको फ्रिक्वेन्सी प्रयोग गर्न प्राविधिक तयारी गर्दै नेपाल टेलिकम
२०७६ पुस २ गते १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी अक्सनबाट जितेपछि नेपाल टेलिकमका प्रबन्ध निर्देशकसँग हात मिलाउँदै एनसेलका सिईओ एन्डी चाङ्ग । फाइल फोटो

काठमाडौं ।

नेपाल दूसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आफूले पाएको १८०० मेगाहर्ज ब्याण्डको थप फ्रिक्वेन्सी उपयोगको लागि प्राविधिक कार्य गरिरहेको जानकारी दिएको छ ।

१८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले पाउने ५ मेगाहर्ज ब्याण्डको लागि नेपाल दुरसञ्चार प्राधिकरणले पत्र पठाईसकेकोछ भने सो मेगाहर्ज प्रयोग गर्नेगरि प्राविधिक कार्य गरिरहेको जानकारी दिएको छ ।

यसअघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगतको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले नेपाल टेलिकमलाई अक्सन मूल्यमा नै बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

सोहि आधारमा प्राधिकरणले पत्र पठाउँदै सरकारी स्वामित्वको नेपाल टेलिकमलाई फ्रिक्वेन्सी उपलब्ध गराएको जानकारी दिएको थियो ।

सो पत्र आफूहरुले दशैं अगाडि पाएको र त्यसको लागि फ्रिक्वेन्सी व्यवस्थापनको कार्य भईरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशन डिल्लीराम अधिकारीले जानकारी दिए ।

‘हामीलाई दशैं अघि मात्र प्राधिकरणले पत्र पठाएको हुँदा दशैं बिदापछि फ्रिक्वेन्सी व्यवस्थापनको काम गरिरहेका छौं, हामीले पाउने फ्रिक्वेन्सीलाई हाम्रो नेटवर्कमा व्यवस्थापन गर्ने प्राविधिक काम भईरहेको छ,’ प्रबन्ध निर्देशक अधिकारीले भने ।

उनकाअनुसार प्राधिकरणले दिएको बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सीको मूल्य भने आगामी ३ महिनाभित्र तिर्न सकिने हुँदा सोहि अनुसार टेलिकमले ३ महिनाभित्र रकम तिर्नेछ।

यसअघि समितिले १८०० मेगाहर्ज ब्याण्डको अक्सन गरेको मूल्य ५ करोड ८० लाख रुपैयाँ प्रति मेगाहर्ज मूल्य तोकेर टेलिकमलाई फ्रिक्वेन्सी दिन प्राधिकरणलाई निर्देशन दिएको थियो । सोहि आधारमा टेलिकमले आगामी ३ महिनाभित्र २९ करोड रुपैयाँ फ्रिक्वेन्सी उपयोग बापत सरकारलाई बुझाउनुपर्नेछ।

सो प्राप्त भएको फ्रिक्वेन्सी नेपाल टेलिकमले ४जी सेवाको बिस्तार र गुणस्तर सुधारको लागि उपयोग गर्ने जानकारी दिएको छ।

यसअघि २०७६ पुस २ गते एनसेल आजियाटा लिमिटेड तत्कालिन (एनसेल प्रालि) ले १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी अक्सनमा जितेर ९ मेगाहर्ज फ्रिक्वेन्सी ५ करोड ८० लाख प्रति मेगाहर्जमा लगेको थियो ।

प्रकाशित: १८ कार्तिक २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार