
काठमाडौं ।
नेपाली भाषामा आफ्ना कुराहरु लेख्न प्रयोग गरिने लोकप्रिय मोबाइल एप्लिकेशन ‘हाम्रो नेपाली किबोर्ड’ले दशैं विशेष स्टिकरहरु सार्वजनिक गरेको छ ।
बडा दशैं, तिहार तथा छठ लगायतका नेपालीका ठूला चाडपर्वहरुलाई ध्यानमा राख्दै एपमा आकर्षक स्टिकरहरु थप गरिएको हो ।
यससँगै हाम्रो किबोर्डका प्रयोगकर्ताले पर्विय उल्लासको यस विशेष समयमा खोजेजस्तो नेपालीपन समेटिएका मौलिक स्टिकरहरु प्रयोग गर्नसक्ने छन् । कम्पनीका अनुसार चाडबाड सम्बन्धी नयाँ स्टिकर बिहीबारदेखि सबैले प्रयोग गर्न पाउने गरी सार्वजनिक गरिएको छ ।
हाम्रो नेपाली किबोर्ड एप हाम्रो पात्रो पछिको नेपालकै लोकप्रिय एप हो । दशैं स्टिकरले चाडबाडमा थप रौनकता थप्ने कम्पनीको आशा छ।
हाम्रो पात्रो इंकका संस्थापक तथा सीईओ शंकर उप्रेतीले चाडबाड झल्काउने र त्यसमा रौनकता थप्ने गरी दशैं स्टिकर तयार पारिएको बताए ।
एप्लिकेशनमा समेटिएका विभिन्न स्टिकरहरु जस्तैः ‘बस यात्रा, नयाँ बाइक, चङ्गा, पिङ, लक्ष्मी पूजा, टीका, जमरा, दक्षिणा, तास, खसी, नयाँ जुत्ता लगायतका स्टिकरले अवश्य पनि चाडबाडको रौनकता झल्काउने छन्,’ उनले भने ।
कसरी गर्ने प्रयोग ?
प्रयोगकर्ताले दशैं स्टिकर प्रयोग गर्न हाम्रो किबोर्डमा तल बायाँतर्फ अंक र झण्डाको बीचमा रहेको स्टिकर बटनमा ट्याप गर्नुपर्नेछ, त्यसपछि देखिने स्टिकर आइकनको दोस्रो बटनलाई ट्याप गरेर दशैं लगायतका हाम्रो नेपाली किबोर्डमा उपलब्ध विभिन्न अनुभूती तथा हाँसो खुशी समेटिएका अन्य अनेकौं स्टिकरहरु प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: २ कार्तिक २०७७, आईतवार