नोकियाले गर्यो गूगलसँग ५वर्षे सम्झौता, आईटी पूर्वाधारहरुलाई क्लाउड सेवामा लैजाने

  • Technology Khabar | २९ आश्विन २०७७, बिहीबार
नोकियाले गर्यो गूगलसँग ५वर्षे सम्झौता, आईटी पूर्वाधारहरुलाई क्लाउड सेवामा लैजाने

काठमाडौं ।

नोकियाले आफ्नो आईटी पूर्वाधारहरुलाई क्लाउड सेवाहरूमा लैजानका लागि गूगलसँग पाँच वर्षको समझौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ।

नोकियाको ग्लोबल आईटी पूर्वाधारका उपाध्यक्ष रवि परमासादले मिडियालाई अन्तर्वार्तामा भने कि नोकियाले लगभग १२ देशहरुमा रहेको आफ्नो असक्षम डाटा केन्द्र र सर्भर त्याग्नेछ।

यी डाटा सेन्टरहरू र सर्भरहरू विभिन्न अधिग्रहणहरूको माध्यमबाट प्रयोगमा आउनेछन जसमा कम्पनीले स्वयं स्वामित्व लिने वा भाडामा दिने विकल्पसहित हुनेछ ।

यद्यपि नोकिया र गूगलले लेनदेनको वित्तीय सर्त खुलासा गर्न अस्वीकार गरे। पार्मसादले भने, ‘हरेक केही बर्षहरूमा तपाईले यी सबै हार्डवेयरमा लगानी गर्नु पर्छ। अब, हामी यस चक्रलाई तोड्न सक्छौं।’

पूर्व मोबाइल फोन उत्पादन जायन्टका रूपमा, नोकिया अब ५जी वायरलेस सेवाहरूको अर्को पुस्ताको लागि नेटवर्क उपकरण निर्माणमा केन्द्रित छ।

हाल नोकियाले एरिक्सन र ह्वावेसँग विश्वव्यापी ५जी मार्केट शेयरको लागि प्रतिस्पर्धा गरिरहेको छ। एजेन्सीका साथ

प्रकाशित: २९ आश्विन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...