शाओमीले सार्वजनिक गर्यो एमआई केएन९५ मास्क, ९५ प्रतिशत ब्याक्टेरिया र धुलो रोक्ने दाबी

  • Technology Khabar | २९ आश्विन २०७७, बिहीबार
शाओमीले सार्वजनिक गर्यो एमआई केएन९५ मास्क, ९५ प्रतिशत ब्याक्टेरिया र धुलो रोक्ने दाबी

काठमाडौं ।

विश्वभर कोरोनाका केसहरू दिन प्रतिदिन बृद्धि भइरहेका छन् यस अवस्थालाई ध्यानमा राखेर शाओमीले एमआई केएन९५ (KN95) मास्क लन्च गरेको छ ।

कम्पनीले विशेषगरि भारतीय बजारलाई ध्यानमा राखेर सो मास्क लन्च गरेको हो।

शाओमी इंडियाका प्रबन्ध निर्देशक मनु कुमार जैनले ट्वीटरमा भने कि शाओमीले एमआई केएन९५ मास्क ल्याएको छ जुन चार तहमा रहेको छ र यसले ९५ प्रतिशत ब्याक्टेरियाहरूलाई रोक्ने क्षमता रहेको छ।

कोरोना भाइरस महामारीको पहिलो पटकको वृद्धिको समयमा कम्पनीले भारतका अस्पताल र डाक्टरहरुलाई लाखौं मास्क वितरण गरेको थियो र अब केएन ९५ मास्क सर्वसाधारणका लागि ल्याएको जानकारी दिएको हो ।

केएन ९५ मास्कहरू एमआई स्टोरबाट खरीद गर्न सकिन्छ। २ मास्कको प्याकको मूल्य २५० भारु र पाँच मास्क प्याकको मूल्य ६०० भारु तोकिएको छ।

२ लेयरको मेल्ट-ब्लोन फेब्रिकले ब्याक्टेरिया र साना कणहरू फिल्टर गर्ने कार्य गर्दछ। शाओमी मास्क सेतो रंगमाछ र शाओमीको नयाँ अनुहार मास्क सामान्य केएन९५ मास्क जस्तै डिजाइन गरिएको छ। यस मास्कको वजन कम छ र नरम इयरलूपहरू यसमा प्रदान गरिएको छ।

कम्पनीको दाबीअनुसार व्यक्तिले बिना कुनै झन्झट लामो समयसम्म यो मास्क लगाउन सक्छ। शाओमीको केएन९५ मास्कलाई तपाईंले पटक पटक धोएर समेत प्रयोग गर्न सक्नुहुन्छ।

सो मास्क भारतभन्दा बाहिर उपलब्ध हुन्छ वा हुँदैन भन्ने जानकारी छैन् । एजेन्सी

प्रकाशित: २९ आश्विन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार