अभावपछि अब कम्प्युटरको आपूर्ति सहज बन्दै, लेनोभो तेस्रो त्रैमासमा सबैभन्दा अगाडी

Technology Khabar २६ आश्विन २०७७, सोमबार

काठमाडौं ।

कम्प्युटर उत्पादकहरूले २०२० को तेस्रो क्वाटरमा ७ करोड ९० लाख पर्सनल कम्प्युटरहरू आपूर्ति गरेका छन् । जसमा १३ प्रतिशतको वार्षिक वृद्धि भएको छ भने यसका साथमा लेनोभो सबैभन्दा अगाडि रहेको टेक्नोलोजी विश्लेषक कम्पनी क्यानालिसले जनाएको छ।

विश्वव्यापी डेस्कटप, ल्यापटप, र वर्कस्टेशनको अवलोकन गर्दै क्यानालिसले गत वर्षको साेहि अवधिको तुलनामा यो त्रैमासिकमा १५ प्रतिशतले वृद्धि भएको बताएको छ। २०१९ पछिको सबैभन्दा ठूलो प्रतिशतले वृद्धि भएको थियो ।

लेनोभोले तेस्रो त्रैमासिकमा १ करोड ९३ लाख यूनिट आपूर्ति गर्न सकेको छ, जुन गत वर्षको तुलनामा ११ प्रतिशतले बढेको छ । लेनोभोलाई पछ्याउँदै एचपीले पछि १करोड ८६ लाख यूनिट ढुवानी गरेको छ, जून गत वर्षको तुलनामा १२ प्रतिशतले बढी हो ।

डेलले तेस्रो त्रैमासमा १ करोड १९ लाख युनिट पठाए जुन वास्तवमा अघिल्लो वर्षको तुलनामा ०.५ प्रतिशतले घटेको छ । सो अवधिमा एप्पलले १३ प्रतिशतको वृद्धि हासिल गर्दै ६३ लाख युनिट शिपमेन्ट गरेको छ ।

सन् २०२० को सुरुमा, ल्यापटपहरू भेट्न निकै गाह्रो थियो, कोरोनाभाइरस महामारीको क्रममा काम गर्ने र घरबाट सिक्ने व्यक्तिहरूको मागमा अचानक वृद्धि भएको थियो। तर आपूर्ति श्रृंखलाले त्यसलाई धान्न असमर्थ थियो, र पीसी आपूर्ति २०२० को पहिलो त्रैमासिकको अवधिमा १२.३ प्रतिशतले घटेको थियो।

तर क्यानालिस विश्लेषक इशान दत्तले एक विज्ञप्तिमा भने कि विक्रेताहरूले त्यसबेलाको महिनादेखि नै रिकभर गर्न थालेका छन्। एजेन्सी

प्रकाशित: २६ आश्विन २०७७, सोमबार

तपाइको प्रतिक्रिया