माइक्रोसफ्टका कर्मचारीहरुले अब पूर्णकालिनरुपमा घरबाटै काम गर्न सक्ने

  • Technology Khabar | २४ आश्विन २०७७, शनिबार
माइक्रोसफ्टका कर्मचारीहरुले अब पूर्णकालिनरुपमा घरबाटै काम गर्न सक्ने

काठमाडौं ।

माइक्रोसफ्टले कर्मचारीहरुलाई पूर्णकालिनरुपमा घरबाटै काम गर्न दिने भएको छ । हालै कम्पनीले आफ्ना स्टाफलाई प्रबन्धकको स्वीकृतिसँगै तिनीहरुसँग स्थायी रूपमा घर बाट काम गर्ने विकल्प हुने जानकारी दिएको छ।

यसअघि युएस टेक जायन्टका प्रतिद्वन्द्वी कम्पनीहरु फेसबुक र ट्वीटरको बाटोमा  माइक्रोसफ्ट गएको छ, जसले वर्क फ्रम होम स्थायी विकल्प हुने पनि भनेका छन्।

कोरोनाभाइरस महामारीपछि धेरै कम्पनीहरुले कार्यालयमा बसेर गरिने कामको तरिकालाई नयाँ किसिमले अनुसरण गरिरहेका छन् ।

धेरै कम्पनीहरूले रिमोट वर्क कर्मचारीहरू दीर्घकालमा वृद्धि हुने अपेक्षा गर्दै तिनीहरूलाई कति कार्यालयको ठाउँ चाहिन्छ भनेर पुनर्विचार गर्दैछन्।

माइक्रोसफ्टले केहि व्यक्तिको भूमिका भौतिकरुपमा नै उपस्थित हुन आवश्यक पर्दछ, जस्तै हार्डवेयरमा पहुँच आवश्यक पर्नेहरू फर्मले बतायो।

तर धेरै कर्मचारीहरूले आंशिक समय घरबाट पनि काम गर्न सक्दछन्, उनीहरूको प्रबन्धकबाट औपचारिक स्वीकृतिको आवश्यकता बिना नै।

‘हाम्रो लक्ष्य भनेको उद्देश्यको साथ हामीले समयसँगै काम गर्ने तरिकाको विकास गर्नु हो- जुन कर्मचारीको इनपुट, डाटा, र हाम्रो संस्कृतिमा रहँदा व्यक्तिगत कार्यशैली र व्यवसाय आवश्यकताहरूको समर्थन गर्ने हाम्रो प्रतिबद्धताद्वारा निर्देशित छ,’ माइक्रोसफ्टका प्रवक्ताले भने। बीबीसी

प्रकाशित: २४ आश्विन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...