सांग्रिला डेभलपमेन्ट बैंक र पे नेप (मोरु) बीच सम्झौता

  • Technology Khabar | १६ आश्विन २०७७, शुक्रबार
सांग्रिला डेभलपमेन्ट बैंक र पे नेप (मोरु) बीच सम्झौता

काठमाडौं ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिँदै आईरहेकोमा थप सुबिधालाई मध्यनजर गर्दै पे नेपको (मोरु) बीच सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत ग्राहक महानुभावहरुले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको छ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाएको छ ।

प्रकाशित: १६ आश्विन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार