
काठमाडौं ।
आईफोन १२ को बारेमा विभिन्न अनौपचारिक र नयाँ अफवाहहरू आइरहेका छन् । कम्पनीले यहि अक्टोबरमा आइफोन लन्च गर्ने तयारी गरेको भित्री समाचारहरु आईरहेको बेला आईफोन १२ सिरिजको बारेमा दैनिक नयाँ समाचार आईरहेका छन् ।
हालै आएको एउटा जानकारीअनुसार आईफोन १२ को इन्ट्रि फोन ६४जीबी स्टोरेजको साथ आउँछ भनेर दाबी गरिएको छ।
यस बाहेक अन्य स्टोरेज अप्सत गत वर्षको संस्करणहरू जस्तै १२८ जीबी र २५६ जीबी क्षमतामा उपलब्ध हुनेछन् । सस्तो आईफोन १२ कालो, सेतो, नीलो, रातो, पहेंलो र मूगा सहित कुल छ रंगहरूमा आउनेछ।
आईफोन १२ प्रो र १२ प्रो म्याक्स १२८ र २५६ र ५१२ जीबी स्टोरेज भेरिएन्टमा आउने अपेक्षा गरिएको छ।
यी भेरिएन्ट कालो, सेतो र सिल्भर रंगहरूमा सीमित हुनेछन्। एप्पलले आफ्नो आईफोन १२ घोषणा अक्टुबर १३ मा राख्ने अपेक्षा गरिएको छ।
आईफोन १२ सिरिजको पहिलो ब्याच अक्टुबर ५ मा वितरकहरुकोमा आइपुग्नेछ। स्टोरहरुमा आईपुग्ने पहिलो आईफोन ५.४ इन्चको आईफोन मिनी र ६.१ इन्चको आईफोन १२ म्याक्स हुनेछ।
यसअघिका समाचारहरुका अनुसार कम्पनीले यस पटक आईफोन १२ सिरिजमा ईयरफोन र चार्जर भने ग्राहकहरुलाई दिनेछैन्। एजेन्सी
प्रकाशित: १६ आश्विन २०७७, शुक्रबार