
काठमाडौं ।
बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आज नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ।
नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा आउँदछ र शहरका लागि केहि भिन्नरुपमा देखा पर्नेहरुका लागि बनाइएको हो । यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ र एलईडी डीआरएलका साथ यसले दिर्घकालिन छाप सृजना गर्दछ र यसमा शहर र हाईवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रीट कन्ट्रोल ह्यान्डलबारहरु पनि छन्।
यो १६०सीसी डीटीएस-आई इन्जिनद्वारा संचालित छ जसले १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ । यसले ५-स्पीड म्यानुअल ट्रान्समीसन पनि प्रयोग गर्दछ।
सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेकको साथ आउँदछ । ब्रेकका इकाईहरु मानकको रुपमा एकल च्यानल एबीएस संगै छन्।
चालकको आरामको लागि यो लामो स्लंग, लामो सिट र अद्वितीय विस्तारीत फुटरेस्ट स्थानमा साथ आउँदछ।
नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा शुरुवाती मुल्य रु. ३,१९,९०० मा असोज १५ गतेदेखि देशभर उपलब्ध हुने कम्पनीले जनाएको छ।
प्रकाशित: १५ आश्विन २०७७, बिहीबार