
काठमाडौं ।
एप्पलले आफ्नो सबैभन्दा धेरै प्रतीक्षित आईफोन १२ सिरिज यहि अक्टुबर १३ मा लन्च गर्ने अनुमान गरिएको छ।
एप्पल ईन्साइडरको एक रिपोर्ट अनुसार एप्पल इन्टर्नेट सफ्टवेयर एण्ड सर्भिसेजका वरिष्ठ उपाध्यक्षले बेलायतको क्यारियर प्रस्तुतीकरणमा आगामी आईफोन र यसको ५जी क्षमताको बारेमा बोलेको देखिएको छ।
सो प्रस्तुतिको बेला बेलायती टेलिकमका मुख्य कार्यकारी अधिकारी मार्क एलेराले प्रस्तुतीकरणका बेला स्टाफलाई भने, ‘हामी एप्पलको अर्को प्रक्षेपण ५जी आईफोनबाट केही दिन टाढा छौं, जुन ५जी को लागि ठूलो प्रोत्साहन हो। यसलाई लन्च गर्नका लागि यो वर्ष पुरै तयारी गरिएको छ, र साथै एप्पलको युरोपमा नम्बर एक साझेदार बन्नको लागि।’
टेक जायन्टले यस बर्ष आईफोन १२ सीरिज अन्तर्गत चार नयाँ आईफोनहरू घोषणा गर्ने अपेक्षा गरिएको छ, जसमा दुईवटा प्रीमियम भेरियन्टहरू सामेल हुन सक्छन्।
यसका साथै ५.४ इन्चको आईफोन १२को शुरुवाती मूल्य ६४९ अमेरिकी डलर हुनसक्नेछ भने ६.१ इन्चको आईफोन १२ को मूल्य ७४९ अमेरिकी डलर तोकिने बताईएको छ ।
प्रकाशित: ८ आश्विन २०७७, बिहीबार