अमेरिकाको क्यालिफोर्निया २०३५ बाट पेट्रोल गाडीको किनबेचमा प्रतिबन्ध

  • Technology Khabar | ८ आश्विन २०७७, बिहीबार
अमेरिकाको क्यालिफोर्निया २०३५ बाट पेट्रोल गाडीको किनबेचमा प्रतिबन्ध

काठमाडौं ।

अमेरिकाको क्यालिफोर्निया राज्यमा पेट्रोल गाडी किन्नका लागि रोक लगाउने आदेश जारी भएको छ ।

सो राज्यमा पेट्रोलियम पदार्थबाट चल्ने नयाँ गाडीको किनबेचमा प्रतिबन्ध लगाउन हालै त्यहाँका गभर्नर गेभिन न्युसोमले कार्यकारी आदेश जारी गरेका छन् ।

उनको कार्यकारी आदेश अनुसार सन् २०३५ बाट क्यालिफोर्नियामा पेट्रोलियम पदार्थबाट चल्ने नयाँ गाडीको किनबेचमा प्रतिबन्ध लाग्नेछ।

बुधबार गभर्नरले कार्यकारी आदेश जारी गरेर पेट्रोलियम पदार्थबाट चल्ने गाडीका लागि १५ बर्षको समय सीमा तोकेका हुन् ।

कार्यकारी आदेश अनुसार सन् २०३५ पछि पनि पुराना पेट्रोलियम गाडीको किनबेच गर्न भने पाइनेछ । साथै आफूसँग भएका पेट्रोलियम गाडी प्रयोग गर्नसमेत पाइनेछ । तर नयाँ किनबेच भने गर्न पाइने छैन ।

यो आदेशले विद्युतीय गाडीको किनबेचका लागि प्रोत्साहन गर्ने अनुमान गरिएको छ । अमेरिकामा विद्युतीय गाडीको आकर्षण विस्तारै बढ्दै गइरहेको छ ।

सन् २०१८ मा क्यालिफोर्नियाका गभर्नरले प्रदुषण कम गर्नका लागि सन् २०२५ सम्ममा २ सय हाइड्रोजिन स्टेशन र साढे दुईलाख विद्युतीय कार चार्जर स्थापना गर्ने लक्ष्य राखेका थिए । एजेन्सी

प्रकाशित: ८ आश्विन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Proton opens its 11th showroom in Birgunj; launches the all-new Proton e.MAS 5

  • Technology Khabar
  • ८ आश्विन २०७७, बिहीबार