एप्लिकेसन

धरान उपमहानगरको कर तथा राजस्व इसेवा मार्फत भुक्तानी गर्न सकिने

धरान उपमहानगरको कर तथा राजस्व इसेवा मार्फत भुक्तानी गर्न सकिने
Global IME Bank

धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इसेवाबाटै भुक्तानी गर्न सकिनेछ ।

इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी गर्न सकिनेछ ।

इसेवाका एजेन्ट विभाग प्रबन्धक रूपेश न्यौपानेले भने, ‘स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोडिड १९ को महामारीका बेला घरबाटै सेवा लिदा अझ सजिलो र सुरक्षित बनाउनेछ।’

नगरबासीले दुई तरिका बाट इसेवा मार्फत भुक्तानी गर्न सकिनेछ ।

नगरबासीले सुरूमा वडा कार्यालय मार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । त्यसपछि इसेवाको मोबईल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ भने धरान नगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवा मार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

Sajilo Visa
easy care