बैंक अफ काठमाण्डूका ग्राहकले सिजी डिजिटलबाट विद्युतीय उपकरण किस्ताबन्दीमा पाउने

  • Technology Khabar | २८ भाद्र २०७७, आईतवार
बैंक अफ काठमाण्डूका ग्राहकले सिजी डिजिटलबाट विद्युतीय उपकरण किस्ताबन्दीमा पाउने

काठमाडौं ।

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई विद्युतीय उपकरणको खरिदमा ब्याज नलाग्ने भएको छ।

बैंक अफ काठमाण्डू र सिजी डिजिटल प्रालीबीच भएको ब्यापारीक सम्झौताअन्तरगत बैंकका ग्राहकहरुले घरायसी विद्युतीय उपकरणहरु सरल किस्ताबन्दीमा किन्न सक्ने छन्।

यो योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरुले सिजी, एलजी, गोदरेज, टिसिएल, सेन्सेइ, एलिका, केन्ट तथा ब्ल्याक एन्ड डेकर ब्रान्डको घरायसी विद्युतीय उपकरणहरु सरल किस्ताबन्दीमा किन्न सक्छन्।

जसअन्तर्गत टिभी, मोबाइल, म्युजिक सिस्टम, वासिङ्ग मेसिन, एसी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर, डिस वासर, वाटर प्युरिफायर सिस्टम, चिम्नी र किचेन लगायत सामाग्री पर्छन्।

बैंकको ग्राहकलाई सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट पाइने उल्लेख छ।

प्रकाशित: २८ भाद्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...