अण्डर डिस्प्ले क्यामरा प्रविधियुक्त स्मार्टफोन ल्याउँदै शाओमी

  • Technology Khabar | १६ भाद्र २०७७, मंगलवार
अण्डर डिस्प्ले क्यामरा प्रविधियुक्त स्मार्टफोन ल्याउँदै शाओमी

काठमाडौं ।

भविष्यका लागि बाहिरी किनारा नभएका स्मार्टफोन बनाउने होडबाजी भइरहेका बेला उत्पादकहरुलाई सेल्फी क्यामरा कहाँ राख्ने भन्ने कुराको समाधान खोजिरहेका छन्।

यसै क्रममा शाओमीले आफ्नो तेस्रो पुस्ताको अण्डर डिस्प्ले क्यामरा टेक अर्थात् डिस्प्ले भित्र क्यामरा राख्ने प्रविधियुक्त स्मार्टफोन उत्पादन गरेको छ जुन ज्यादै प्रभावकारी देखिएको छ।

एउटा ट्वीटमा शाओमीका अध्यक्ष शु जी च्युले कम्पनीले बनाएको अण्डर डिस्प्ले क्यामेरा प्रविधि देखाइएको भिडियो राखेका छन्।

यसबाट डिस्प्लेमा पनि कुनै नकारात्मक असर परेको पाइएको छैन। बरु ग्राहकले डिस्प्लेमा कहीँ कुनै प्रकारको प्वाल वा किनारा नभएको सपाट स्मार्टफोन सेट पाउनेछन्।

शाओमीले आफ्नो ब्लगमा यसको नयाँ र पहिलेभन्दा सुधारिएको सेन्सरले कसरी काम गर्छ भन्ने यसरी वर्णन गरेको छ ।

शाओमीको तेस्रो पुस्ताको अण्डर डिस्प्ले क्यामरा प्रविधिमा प्रयोग गरिएको आफैँले विकास गरेको पिक्सेल संयोजनले डिस्प्लेको सब पिक्सेलहरु बीचको चेपबाट प्रकाश छिराउन मद्दत गर्दछ। यसबाट फोनमा मुख्य रंगहरु रातो हरियो र नीलोको सही मात्रा प्राप्त गर्न सजिलो हुन्छ।

बजारमा पाइने अन्य उच्च प्रविधिका फोनहको दाँजोमा शाओमीको नयाँ फोनमा ठाडो र तेर्सो दुवैतिर पिक्सेलको संख्या दोब्बर बनाइएको छ। यसले डिस्प्लेभित्रको क्यामरामाथि पनि डिस्प्लेको अन्य ठाउँमा जति नै पिक्सेल डेन्सिटि कायम राख्न मद्दत गर्छ।

त्यसैले क्यामरा राखिएको भागको माथिपट्टि डिस्प्लेमा पनि अन्य भागमा जस्तै उज्यालो रंग संयोजन तथा रंगको गाढापन उत्तिकै रहन्छ।

शाओमीले ब्लगमा यो फोनको कुनै वास्तविक तस्बिर राखेको छैन। बरु क्यामरा पिक्सेलहरु कसरी मिलाइएको छ भन्ने कुराको ग्राफिक्स राखिएको छ। अलि टाढाबाट यो धेरै राम्रो देखिन्छ।

यस डिजाइनले पहिलेका फ्रन्ट क्यामराको गुणस्तर कायम राखेको शाओमीको दावी छ।

वास्तवमा कम्पनी यो डिजाइनलाई लिएर यति आत्मविश्वासी छ कि यो प्रविधि अर्को वर्ष बृहत् उत्पादनमा जानेछ। यसको मतलब सन २०२१ भित्र सर्वसाधारणले यो प्रविधि प्रयोग गर्न पाउने पक्का छ। एजेन्सीका साथ

प्रकाशित: १६ भाद्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार