नोकिया फोन निर्माताले नयाँ लगानी उठायो, नयाँ सेवाहरु र ५जी डिभाइस बिस्तार गर्ने

  • Technology Khabar | २८ श्रावण २०७७, बुधबार
नोकिया फोन निर्माताले नयाँ लगानी उठायो, नयाँ सेवाहरु र ५जी डिभाइस बिस्तार गर्ने

काठमाडौं ।

नोकिया ब्रान्ड फोनका निर्माता कम्पनी एचएमडी ग्लोबलले लगानीकर्ताहरूबाट २८ करोड डलर जम्मा गरेको घोषणा गरेको छ ।

कम्पनीले सो लगानी आफ्नो उत्पादन प्रस्तावलाई सुदृढ पार्न प्रयोग गर्ने बताएको छ । यसमा ५जी उपकरणहरू र नयाँ सेवाहरू बिस्तार गर्ने र जस्तै ब्राजील, भारत र अफ्रिका लगायतका नयाँ बजारमा विस्तार गर्न खर्च गर्नेछ ।

कम्पनीले चार रणनीतिक क्षेत्रहरुको घोषणा गर्‍यो जहाँ लगानी गर्ने योजना छ। पहिलो, अमेरिकी क्यारियरको साथ बलियो साझेदारीमा जोड दिएर किफायती ५जी स्मार्टफोनहरु हो ।

दोस्रो, एचएमडी ग्लोबलले नयाँ पोस्ट कोविड वास्तविकतालाई ध्यानमा राखेर अनलाइ बिक्रीमा केन्द्रित गर्नेछ । जसमा उपभोक्ताहरूले इन्टरनेट विक्रेताहरूबाट धेरै फोनहरू किनिरहेका छन् ।

तेस्रो, कम्पनीले महत्वपूर्ण प्रमुख बजारहरुमा आफ्नो उपस्थिति बिस्तार गर्ने योजना गरेको छ। यसमा ब्राजिलका साथै अफ्रिका र भारतमा भर्खरै शुरू गरिएको अपरेशनहरू सामेल छन्।

चौथो, नयाँ लगानीले हार्डवेयर क्षेत्रमा मजबुत पार्न प्रयास गर्नेछ र समग्र मोबाइल सेवा प्रदायकको रुपमा आफ्नो स्थिति ससक्त बनाउन मद्दत गर्दछ।

यस वर्षको शुरुवातमा नै एचएमडी ग्लोबलले आफ्नो अन्तर्राष्ट्रिय डाटा रोमिङ्ग सेवा एचएमडी कनेक्ट सुरु गर्‍यो, यसको लागि भलोना ल्याब्स सम्पत्तिहरूको अधिग्रहणको साथ आफ्नो मोबाइल साइबरसुरक्षा क्षमता अभिवृद्धि गरेको छ ।

कम्पनीले फिनल्याण्डको टेम्प्रेमा नयाँ अनुसन्धान र विकास केन्द्रको साथ आफ्नै सफ्टवेयर, सुरक्षा र सेवाहरूको विकास गर्न सुरु गरेको छ।

एचएमडीले नयाँ कोषको स्रोत खुलाएको छैन तर यसका साझेदारहरू गुगल, क्वालकम र नोकियालाई समावेश गरेको छ।

यसले पछिल्लो लगानी सन् २०१८ को अन्त्यमा १०० मिलियन अमेरिकी डलरको कोष उठाएको थियो ।

एचएमडीले पहिलो पटक सन् २०१६ मा नोकिया फोनहरू बेच्न शुरू गरेको थियो भने हालसम्म २४ करोड फोनहरु बिक्री गरिसकेको छ । एजेन्सी

प्रकाशित: २८ श्रावण २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • २८ श्रावण २०७७, बुधबार