राष्ट्र बैंक कर्मचारीहरुलाई टिकटक बनाउन तथा सामाजिक सञ्जाल चलाउन रोक

  • Technology Khabar | १४ श्रावण २०७७, बुधबार
राष्ट्र बैंक कर्मचारीहरुलाई टिकटक बनाउन तथा सामाजिक सञ्जाल चलाउन रोक

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जाल चलाउन रोक लगाएको छ।

राष्ट्र बैंकले आन्तरिक रुपमा सर्कुलर नै जारी गर्दै कर्मचारीहरुलाई कार्यालय समयमा टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जाल चलाउन रोक लगाएको हो ।

राष्ट्र बैंकका कर्मचारीहरुले पछिल्लो समय कार्यालय समयमा सामाजिक संजाल चलाउने एवं सरकारको नीति विरुद्ध फेसबुक स्टाटस अपडेट गर्ने तथा ट्वीट गर्ने क्रम बढेपछि त्यसमा रोक लगाईएको जनाएको छ ।

यसका साथै केन्द्रीय बैंकले कर्मचारीलाई कार्यालय समयमा टिकटक बनाउन,  फेसबुक चलाउन, सरकार तथा राष्ट्र बैंकको नीति विरुद्ध मिडियामा लेख रचना प्रकाशित गर्ने, फेसबुक तथा ट्विटरमा अरुलाई लान्छना लगाएर विचार राख्ने, आफुखुशी वेबिनारमा भाग लिएर विचार राख्ने जस्ता कार्य गरेको भेटिएपछि राष्ट्र बैंकले सर्कुलर जारी गरेको हो।

फेसबुक, ट्विटरमा सरकारका नीति र राष्ट्र बैंकका काम कारबाहीको विरोध गर्दै आलोचना गर्न नपाईने गरि रोक लगाईएको छ ।

कर्मचारीले स्वीकृति लिएर मात्र वेविनारमा भाग लिने तथा प्रस्तुतिकरण दिन पाईने छ भने सरकारको नीति विरुद्ध विद्युती माध्यम तथा संचार माध्यममा लेख रचना प्रकाशित गरेमा तथा कार्यालयको पोशाकमा कार्यालयमा टिकटक बनाएमा कारबाही गरिने जनाएको छ।

राष्ट्र बैंक कर्मचारी सेवा विनियामावलीअनुसार कारबाही गर्ने राष्ट्र बैंकले चेतावनी समेत दिएको छ ।

प्रकाशित: १४ श्रावण २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

विराटनगरका युवालाई आइटी प्रशिक्षण

  • Technology Khabar
  • १४ श्रावण २०७७, बुधबार