
काठमाडौं ।
अमेरिकाले हालै स्मार्टफोनहरुको लागि लेन्स बनाउने कम्पनीसहित ११ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
अमेरिकाले ओभी लेन्स बनाउने कम्पनी ओफिल्सलाई समेत कालोसूचीमा राखेको हो । यो कम्पनीले कालोसूचीमा राखेसँगै सो कम्पनीलाई अब अमेरिकी प्रविधि र सामाग्रीहरु प्रयोग गर्न रोक लाग्नेछ ।
ओफिल्मले विश्वभर विभिन्न कम्पनीहरुलाई आफ्नो टेक्नोलोजी उपलब्ध गराउने गरेको छ । जसमा एसर, असुस, ह्वावे, लेनोभो, एलजी, माइक्रोसफ्ट, सामसङ्ग, भीभो, शाओमी एचटिसीलगायत कम्पनीहरुलाई लेन्स आपूर्ति गरिरहेका छन् ।
यसका साथै कम्पनीले गिली अटोमोबाइल, सेईक मोटर, र चाङ्गजान अटोमोबाइलसँग समेत सहकार्य गरिरहेको छ ।
ओफिल्मकाअनुसार कम्पनीले टेक्नोलोजी इन्नोभेसनमा ग्लोबल लिडर भएको दाबी गरेको छ । कम्पनीले नियम कानूनहरु सँधै पालना गर्ने बताएको छ ।
सन् २००२ मा स्थापना भएको कम्पनी माइक्रो इलेक्ट्रोनिक्सको मुख्य व्यवसाय गर्दछ, जसमा माइक्रो क्यामरा मोडुल्स, फिंगरप्रिन्ट रिकोग्निस मोडुल्स, टच स्क्रीन, र टच डिस्प्ले लगायतको व्यवसाय गर्दछ । एजेन्सीका साथ
प्रकाशित: ८ श्रावण २०७७, बिहीबार