नेपालमा विज्ञान र प्रविधिको मूलप्रवाहीकरण विषयमा कार्यक्रम सम्पन्न

  • Technology Khabar | ३ श्रावण २०७७, शनिबार
नेपालमा विज्ञान र प्रविधिको मूलप्रवाहीकरण विषयमा कार्यक्रम सम्पन्न

काठमाडौं ।

फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) ले नेपालमा विज्ञान र प्रविधिको मूलप्रवाहीकरण विषयमा कार्यक्रम आयोजना गरेको छ ।

विषेश वक्ताको रुपमा कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक डा. महावीर पुन र जरोकिलो महाअभियानका सङ्कल्पकर्ता युगद्रष्टा डा. निर्मलमणि अधिकारी सहभागि भएका थिए।

नेपालमा विज्ञान र प्रविधिको मूलप्रवाहीकरण विषयमा बोल्दै जरोकिलो महाअभियानका सङ्कल्पकर्ता डा. निर्मलमणि अधिकारीले विज्ञान र प्रविधिको क्षेत्रका ४ कुरामा जोड दिनु आवश्यक रहेको बताए  ।

‘पहिलो कुरा वैज्ञानिक बुद्धि कसरी बनाउनु सकिन्छ त्यस कुरामा ध्यान दिनु पर्ने जुन अनुसन्धान गर्दा सम्मेयता अनुसार गर्नु पर्ने, द्रोस्रो कुरा वैज्ञानिक अभिमुखिकरण व्यवहारमै रुपमै सञ्चालन गर्नु पर्ने, तेस्रो कुरा स्वदेशमा भएका साधन स्रोतलाई भरपुर सदुपयोग गर्नु पर्ने र चौधो कुरा विज्ञान प्रविधिको क्षेत्रमा अविष्कार र नवाचारलाई संस्थानीकृत रुपमै दिगो बनाउनु पर्नेछ,’ उनले भने ।

त्यसैगरी राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक अध्यक्ष वैज्ञानिक डा. महावीर पुनले कार्यक्रममा वोल्दै विज्ञान र प्रविधि क्षेत्रमा दुई कुरामा जोड दिनु पर्ने बताए । पहिलो कुरा भौतिक पूर्वाधार विकास गर्नु पर्ने र दोस्रो कुरा देशको आर्थिक विकास गर्नु पर्ने आवश्यक भएको बताए।

उनले पूर्वाधारको विकास संगसंगै आर्थिक विकास हुने कार्यक्रमहरु संञ्चालन गर्नु पर्ने, नेपालमा भएको प्रतिभालाई अनुसन्धानमा लगाउनु पर्ने जोड दिएका थिए ।

फेस्टले लकडाउन निशुल्क नेपाली वर्णमाला गुगल प्ले स्टोरमा सार्वजनिक गरेको थियो भने हाल सयौँ जनालाई निशुल्क सि र सि प्लस प्लस प्रोग्रामिङ ल्याङवेज पढाइरहेको छ ।

फेस्टले विभिन्न क्षेत्रसँग सम्बन्धित सफ्टवेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइठि सम्बधी जुनसुकै काम परामर्श र इन्टनसिप र जागिरको व्यवस्था गर्ने काम पनि गरिरहेको छ ।

फेस्ट कम्पनीले प्रविधिको क्षेत्रमा विगत ६ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरसरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको फेस्ट कम्पनिका संस्थापक तथा सिइयो विक्कि महतले जानकारी दिए ।

कार्यक्रममा फेस्ट कम्पनिका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारीले अनुसन्धान, अविष्कार र नैतिकतालाई नेपाली मानव संसाधनको प्रमुख विशेषताका रुपमा विकास गर्नेु पर्ने बताएका थिए ।

प्रकाशित: ३ श्रावण २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

अनर वाच एक्स५आई अनावरण

  • Technology Khabar
  • ३ श्रावण २०७७, शनिबार