नेटफ्लिक्सले भारतमा १७ वटा नयाँ हिन्दी सिनेमाहरु तथा टीभी शोहरु रिलिज गर्ने

  • Technology Khabar | ३ श्रावण २०७७, शनिबार
नेटफ्लिक्सले भारतमा १७ वटा नयाँ हिन्दी सिनेमाहरु तथा टीभी शोहरु रिलिज गर्ने

काठमाडौं ।

ओभर दि टप प्लेटफर्म नेटफ्लिक्सले भारतमा १७ वटा नयाँ हिन्दी सिनेमाहरु तथा टीभी शोहरु रिलिज गर्ने भएको छ ।

नेटफ्लिक्सले हालै आफ्नो प्लेटफर्ममा १२ वटा बलिउड फिल्म र पाँचवटा टीभी सिरिजहरुसहित १७ वटा ओरिजिनल कन्टेन्टहरु रिलिज गर्न लागेको जानकारी दिएको छ।

नेटफ्लिक्सले आगामी महिना रिलिज गर्ने यी कन्टेन्टहरुमा थ्रिलर, रोमान्टिक कमेडी, मनोरञ्जनात्मक ड्रामाहरु समेत रहेका छन् ।

यी सिनेमा र शोहरुमा अनील कपुर, अनुराज कश्यप, पुजा भट्ट, बबी देवल, भुमी पेड्नेकर, कोंकोणा सेन शर्मा, जानभी कपुर लगायतका बलिउड कलाकारहरुको भूमिका रहेको छ।

नेटफ्लिक्समा प्रद्धर्शन हुने नयाँ हिन्दी फिल्महरुमा रात अकेली है, लुडो, टोरर्बाज, डोली किट्टी और वो चमकता सितारे, बम्बे रोज, गिन्नी विड्स सन्नी ए सुटेबल ब्वाईलगायत रहेका छन् ।

यसैगरी अन्य सिनेमा तथा सिरिजहरुमा एके भिएस एके, बम्बे बेगम, गुञ्जन सक्सेनाः द कार्गिल गर्ल, मसाबा मसाबा, लगायत रहेका छन् । एजेन्सी

प्रकाशित: ३ श्रावण २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ३ श्रावण २०७७, शनिबार