
काठमाडौं ।
साउन १ गते बिहिबारदेखि मोबाइल एप्स तथा विद्युतीय माध्यमबाट कर बुझाउन सकिने भएको छ ।
कर बुझाउन तथा बैंकबाट कर बुझाउँदा आय विरवण समेत बुझाउने व्यवस्था गराउन राष्ट्र बैंकले बाणिज्य बैंकलाई निर्देशन दिएको छ।
‘आय विवरण तथा कर दाखिला फारम (डे १ आय विवरण फारम) भराई सोही बमोजिम गराउन जानकारी गराउँदछु ।’ राष्ट्र बैंकका निर्देशक रामप्रसाद गौतमद्धारा जारी गरेको निर्देशनमा भनिएको छ ।
नयाँ नियम लागूभएसँगै अब साना करदाताले मोबाइल एप्स तथा विद्युतीय माध्यमबाट कर तथा आय विवरण बुझाउन पाउने भएका हुन् ।
आर्थिक वर्ष २०७७/०७८ बजेटमा साना करदाताले (वार्षिक २० लाखसम्मको कारोबार गर्ने) आय विवरण र कर मोबाइल एप्समार्फत तथा अन्य विद्युतीय माध्यममार्फत बुझाउन सक्ने र बैंकमार्फत कर भुक्तानी गर्दा आय विवरण समेत बुझाउने गरी व्यवस्था मिलाइने उल्लेख रहेको छ।
प्रकाशित: ३१ असार २०७७, बुधबार