अमेजनले कर्मचारीको मोबाइलमा टिकटक राख्न प्रतिबन्ध लगायो, फेरी प्रतिबन्ध खोल्यो

  • Technology Khabar | २७ असार २०७७, शनिबार
अमेजनले कर्मचारीको मोबाइलमा टिकटक राख्न प्रतिबन्ध लगायो, फेरी प्रतिबन्ध खोल्यो

काठमाडौं ।

ईकमर्श कम्पनी अमेजन डटकमले शुक्रबार केही घण्टाको अवधिमा भिडियो शेयरिङ्ग एप टिकटकलाई कर्मचारीहरुको मोबाइल डिभाइसमा प्रतिबन्ध लगायो ।

त्यसपछि सो कार्यलाई गल्ती मान्दै फेरी पुन टिकटक प्रतिबन्ध नभएको जानकारी दियो ।

सो कार्यको बारेमा समाचार व्यापक भएसँगै चिनियाँ स्वामित्वमा रहेको सोशल मिडिया प्लेटफर्मको ध्यानाकर्षण गरेको थियो ।

यसअघि हालै मात्र अमेरिकी विदेश सचिव माइक पोम्पीओले अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउने बारेमा हेरिरहेको बताएका थिए ।

अमेजनले के कारणले शुरुमा प्रतिबन्ध लगायो र पछि फेरी फिर्ता गर्यो भन्ने अझै स्पष्ट छैन् ।

तर समाचारहरुका अनुसार सो बारेमा अमेजन र टिकटकका अधिकारीहरुबिच भएको कुराकानीपछि प्रतिबन्ध हटाईएको थियो ।

टिकटकको लोकप्रियता बढेसँगै कम्पनी डाटा प्राइभेसीको विषयलाई लिएर समस्यामा परिरहेको छ । एजेन्सी

प्रकाशित: २७ असार २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार