
काठमाडौं ।
भिडियो शेयरिङ्ग एप टिकटक केही दिन भित्रै चीनको अधिनमा रहेको हङकङको बजारबाट बाहिर निस्कने भएको छ।
केहि समयअघिदेखि सोशल मिडिया कम्पनी फेसबुक इंकलगायतका अन्य टेक्नोलोजी कम्पनीहरूले यस क्षेत्रका प्रयोगकर्ता डाटाका लागि चिनियाँ सरकारी अनुरोधहरूको प्रकृयालाई स्थगित गरे लगत्तै टिकटक पनि हङकङको बजारबाट बाहिर जाने भएको हो।
चीनमा आधारित बाइटडान्सको स्वामित्वमा रहेको शर्ट भिडियो एपले अर्ध स्वायत्त शहरको लागि चीनले नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि यस क्षेत्रबाट बाहिर निस्किने निर्णय गरेको हो।
‘भर्खरका घटनाहरुलाई ध्यानमा राखेर हामीले हङकङमा टिकटक एपको संचालन रोक्ने निर्णय गरेका छौं,’ टिकटकका प्रवक्ताले बजारप्रति आफ्नो प्रतिबद्धताबारे रोयटर्ससँग भने ।
टिकटकले यसअघि पनि कम्पनीले चिनियाँ सरकारले सामग्री सेन्सर गर्न वा टिकटकको प्रयोगकर्ता डाटामा पहुँचका लागि गरेको कुनै पनि अनुरोधको पालन नगर्ने बताएको छ भने यस्तो डाटा कहिले नमागिएको स्पष्ट पारेको छ ।
हङकङ कम्पनीको लागी एक सानो घाटा कमाउने बजार भएको बताईएको छ।
पछिल्लो अगस्तको डाटाअनुसार टिकटकले हङकङमा १ लाख ५० हजार प्रयोगकर्ताहरूलाई मात्र आकर्षित गर्न सफल भएको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: २३ असार २०७७, मंगलवार