आईफोन १२ सिरिजमा एप्पलले फोनका साथमा चार्जर र ईयरफोन नदिने

  • Technology Khabar | १६ असार २०७७, मंगलवार
आईफोन १२ सिरिजमा एप्पलले फोनका साथमा चार्जर र ईयरफोन नदिने

काठमाडौं ।

अमेरिकी टेक कम्पनी एप्पलले यस वर्ष चार नयाँ आईफोन १२ मोडेलहरू ल्याउन सक्ने छ। यद्यपि यी स्मार्टफोनहरूको लन्चिगका बारे कुनै आधिकारिक जानकारी छैन।

तर त्यससँग सम्बन्धित धेरै लीकहरु र र हल्लाहरु आईफोन १२ लन्च हुनुभन्दा पहिले नै बजारमा माहौल ततार्ईरहेका छन् ।

आईफोन १२ सिरिज लन्च हुनुभन्दा अगाडि हालै नयाँ जानकारी आएको छ, जसले त्यसका फ्यानहरुलाई निरास पार्न सक्दछ ।

रिपोर्टका अनुसार एप्पलले आईफोन १२ सिरिजको साथ बक्समा चार्जर र ईयरपडहरू नदिने भएको छ ।

एप्पलले यसअघि पनि यस्तो ठूला कदमहरू चाल्दै आएको छ। पहिले, कम्पनीले यसको डिभाइसहरुबाट ३.५ एमएम अडियो ज्याक हटायो। त्यस बेलादेखि, बजारमा ट्रु वायरलेस इयरफोनको माग बढेको छ।

यदि बार्कलेका विश्लेषकको रिपोर्ट सही छ भने एप्पलले अर्को नयाँ ट्रेण्ड सुरु गर्न सक्दछ, जसमा प्रयोगकर्ताहरु अब वायरलेस चार्जरहरू तर्फ बढनेछन् ।

हालै अर्का विश्लेषक मिङ्ग ची कुओले पनि आईफोन १२ सिरिजको साथ बक्समा चार्जर नआउने पूर्वानुमान गरेका छन् ।

‘एप्पलले यूएसबी पावर डेलिभरीको साथ २० डब्ल्यू चार्जर पेश गर्नेछ,’ कुओले भने, जुन कम्पनीले छुट्टै बेच्नेछ। तर उनले मूल्यको बारेमा पूर्वानुमान गरेक थिएनन् ।

हाल १८ वाट चार्जरको मूल्य ३० डलर छ । १८ वाट चार्जर आएसँगै कम्पनीले हालको ५वाट र १८वाटको चार्जरको उत्पादन बन्द गर्न सक्नेछ ।

आईफोन १२ मोडेलका साथ आउने एकमात्र एक्सेसरी यूएसबी टाइप-सी टू लाइटनिंग एडाप्टर हुने बताईएको छ । एजेन्सीका साथ

प्रकाशित: १६ असार २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...