शाओमीले चाँडै १०० वाटको फास्ट चार्जर लन्च गर्दै, १७ मिनेटमै ४,००० एमएएच ब्याट्री चार्ज गर्ने

  • Technology Khabar | १५ असार २०७७, सोमबार
शाओमीले चाँडै १०० वाटको फास्ट चार्जर लन्च गर्दै, १७ मिनेटमै ४,००० एमएएच ब्याट्री चार्ज गर्ने

काठमाडौं ।

चिनियाँ टेक कम्पनी शाओमीले गत वर्ष मार्चमा मोबाइल विश्व कांग्रेसमा आफ्नो १०० वाटको सुपर चार्ज टर्बो फास्ट चार्जिङ्ग टेक्नोलोजी प्रदर्शन गरेको थियो।

यस प्रविधि प्रयोग गरेर ४००० एमएएचको ब्याट्री केबल १७ मिनेमा नै पुरै चार्ज हुनेछ।

यद्यपि यस टेक्नोलोजीको व्यावसायिक संस्करण कम्पनीले अहिलेसम्म शुरू गरेको थिएन।

हालै आएको जानकारीका अनुसार कम्पनी चाँडै १०० डब्लु फास्ट चार्जिग टेक्नोलोजी ल्याउने तयारीमा छ। तर कम्पनीले कुन डिभाइसमा सबैभन्दा पहिले यो प्रविधिको प्रयोग गर्ने भन्ने कुरा स्पष्ट छैन।

सबै दावीहरूले अर्को आउन लागेको फ्ल्यागशिप स्मार्टफोनलाई औंल्याउँछन्। शाओमी एमआई मिक्स ४ मा १०० वाटको चार्ज डेब्यु हुन्छ भन्ने अनुमान गरिएको छ।

सो स्मार्टफोन यस वर्ष अगस्तमा प्रस्तुत हुनसक्नेछ तर अहिलेसम्म सो बारेमा कुनै स्पष्ट जानकारी छैन् ।

शाओमीकाअनुसार १००वाट सुपर चार्ज टर्बो टेक्नोलोजी ९ फोल्ड चार्ज प्रोटेक्शन र हाई-भोल्टेज चार्ज पम्पको साथ आउँछ। कम्पनीको निरीक्षण, ९ फोल्ड प्रोटेक्शन मध्ये ७ मदरबोर्डका लागि हो र बाँकी २ फोल्ड प्रोटेक्शन ब्याट्रिका लागि हो। एजेन्सी

प्रकाशित: १५ असार २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • १५ असार २०७७, सोमबार