
काठमाडौं ।
एप्पलको सबैभन्दा ठूलो सम्मेलन डेभलपर्स कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी २०२०) आज अर्थात जून २२ बाट शुरु हुन लागेको छ ।
कोरोनाभाइरसको कारण कम्पनीले यो इभेन्टलाई यस समय अनलाइनमा मात्र आयोजना गर्न लागिएको छ, जहाँ कम्पनीले नयाँ सफ्टवेयर र हार्डवेयरहरु प्रदर्शन गर्दछ।
एप्पलको यो सम्मेलन २२ जूनदेखि २६ जूनसम्म संचालन हुनेछ र यसको लाइभ स्ट्रिमिङ्ग निशुल्क हेर्न सकिन्छ।
कसरी हेर्न सकिन्छ ?
डब्ल्यूडब्ल्यूडीसी २०२० (WWDC 2020), नेपाली समयअनुसार बेलुका १०:४५ बजेदेखि सुरु हुनेछ । यो इभेन्ट एप्पल पार्कबाट सिधा प्रत्यक्ष हेर्न सकिन्छ र दर्शकहरूले एप्पलको वेबसाइटबाट एप्पल डेभलपर्स एप, एप्पल टिभी र एप्पल यूट्यूब च्यानल मार्फत यसलाई अनलाइन हेर्न सक्छन् ।
कम्पनीले यो इभेन्ट प्रत्येक वर्ष आयोजना गर्दछ, जहाँ सबैभन्दा बढि ध्यान नयाँ सफ्टवेयरको चर्चामा हुने गर्दछ । यस पटक डेभलपर्स सम्मेलनमा आईओएसको नाम नै परिवर्तन हुने रिपोर्टहरु आएका छन् । एप्पलले आईओएसको नाम परिवर्तन गरेर आईफोन ओएस राख्ने योजना बनाइरहेको छ । यसका साथै कम्पनीले एप्पलको बाँकी उत्पादनहरूका नामहरू पनि उस्तै राख्ने छ- वाचओएस र म्याकओएस ।
सम्मेलनमा आफ्नो कयौं उत्पादनहरुलाई रिब्राण्डिङ्ग गर्न चाहेको जानकारी दिएको छ भने नयाँ आईओएस १४ मा थर्डपार्टि सपोर्ट समेत दिनसक्ने बताईएको छ । एजेन्सीका साथ
प्रकाशित: ८ असार २०७७, सोमबार