नेप्सेलाई पूर्ण स्वचालित बनाउन र धितोपत्र कारोबार पूर्ण विद्युतीय माध्यमबाट गर्न निर्देशन

  • Technology Khabar | ३ असार २०७७, बुधबार
नेप्सेलाई पूर्ण स्वचालित बनाउन र धितोपत्र कारोबार पूर्ण विद्युतीय माध्यमबाट गर्न निर्देशन

काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले नेप्से पूर्ण स्वचालित नभएको हुँदा बजार संचालनमा समस्या देखिएको भन्दै त्यसलाई सुधार गर्न निर्देशन दिएको छ । यसका साथै सम्पूर्ण कारोबार समेत विद्युतीय माध्यमबाट गराउन निर्देशन दिएको छ ।

बोर्डले धितोपत्रको दोस्रो बजार कारोबार पूर्णतया यान्त्रीकरण हुन नसकेको अवस्थामा यस प्रणालीमा सुधार गर्न आवश्यक देखिएको उल्लेख गरेको छ ।
यसका साथै बैंक खाता र डिम्याट खातालाई प्रणालीमा नै आवद्ध गरी हाललाई देहाय अनुरुपको कारोबार गर्ने व्यवस्था मिलाउनसहित बजार सञ्चालकको रुपमा रहेको नेपाल स्टक एक्सचेन्जलाई बोर्डले २ बुँदे निर्देशन दिएको हो ।

१. धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा IPS वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा IPS वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ साउन १ गतेदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था गरी सो बमोजिम ब्रोकरले खाता अद्यावधिक गर्ने गराउने व्यवस्था मिलाउने ।

२. नेप्से अनलाईन कारोबार प्रणाली (NOTS) ले लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आवद्ध गरी स्वचालित कारोबार तथा राफसाफ कार्य गर्न नसकेको गुनासाहरु आइरहेको सन्दर्भमा लगानीकर्ताहरुले गरेको कारोबार स्वचालित रुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा शेयर जम्मा/खर्च हुने व्यवस्था गर्नुका साथै स्वचालित रुपमा नै कारोबार भएको दिन बैंक खाताबाट रकम प्राप्त गरी विभिन्न निकायहरुको कमीशन, कर, मूल्य सम्बन्धित निकायको खातामा सोही दिन स्वचालित रुपमा नै जम्मा हुन सक्ने व्यवस्था मिलाउने ।

प्रकाशित: ३ असार २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार