आईफोनमा कल रेकर्डिङ्ग गर्न पाईने, एप्पलले आईओएस १४ मा कल रेकर्डिङ्ग फङ्गसन ल्याउँदै

  • Technology Khabar | २८ जेष्ठ २०७७, बुधबार
आईफोनमा कल रेकर्डिङ्ग गर्न पाईने, एप्पलले आईओएस १४ मा कल रेकर्डिङ्ग फङ्गसन ल्याउँदै

काठमाडौं ।

केहि समयअघि ह्याकरहरुले एप्पलको आउन लागेको नयाँ अपरेटिङ्ग सिस्टम आईओएस १४ को बारेमा सबै जानकारीहरु लीक गरेका थिए । अहिले सो नयाँ आईओएसमा राखिएका नयाँ फीचरहरुको बारेमा रिपोर्टहरु आईरहेका छन् ।

जेलब्रेक कम्युनिटीमार्फत भर्खर आएको नयाँ जानकारीअनुसार एप्पलको आईओएसमा भ्वाइस कल तथा फेसटाइम रेकर्डिङ्ग गर्न सकिने फीचर राखिएको छ । जसलाई कल रेकर्डिंग फंगसन भनेर चिनिन्छ । यो फीचर सेटिङ्ग एप्लिकेसनमा प्राप्त हुनेछ ।

रिपोर्टहरुकाअनुसार एप्पलले यो फंसनलाई बिस्तृतमा बताएको छ ।
कल रेकडिङ्ग गर्नको लागि यूजर्ससँग फोन गर्ने अर्को व्यक्तिको सहमति आवश्यक पर्ने स्पष्ट पारिएको छ ।

यसका अतिरिक्त कर भईरहेको समयमा अन्य मानिसहरुलाई डिभाइस शेयर गर्न कडाईका साथ प्रतिबन्ध लगाईएको छ । त्यसका साथै कल रेकर्डिङ्गमा स्थानीय कानून लागू हुने जानकारी समेत प्रयोगकर्तालाई गराईएको छ ।

जब निजी गोपनियताको सबाल आउँछ त्यसबेला कल रेकर्डिङ्ग निकै रोचक विषय हुने गर्दछ ।

अमेरिकामा नियामक निकायले कल रेकर्डिङ्ग अर्को पक्षलाई जानकारी दिईएको खण्डमा कानूनी हुने व्याख्या गरेको छ ।

बिगतमा गूगलले पनि आफ्नो एन्ड्रोयड ६.० मा कल रेकर्डिङ्ग फीचर राखेकोमा पछि हटाएर मात्र रिलिज गरेको थियो ।

कल रेकर्डिङ्ग वा कल ट्याप गर्नु अधिकांश देशहरुमा गैर कानूनी रहेको छ । नेपालमा पनि कल रेकर्डिङ्गलाई गैर कानूनी मानिएको छ ।

एप्पलले आफ्नो नयाँ आईओएस १४ यहि जून २३ मा आयोजना हुने डब्लूडब्लूडिसी २० मा रिलिज गर्ने अपेक्षा गरिएको छ।

यसअघि नै आएको रिपोर्टहरुकाअनुसार नयाँ आईओएस हाल आईओएस १३ मा चलिरहेका सबै डिभाइसहरुमा अपडेट हुनेछ । एजेन्सीका साथ

प्रकाशित: २८ जेष्ठ २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...