सोनीको नयाँ गेमिङ्ग कन्सोल प्लेस्टेशन ५ सार्वजनिक गरिने कार्यक्रम स्थगित

  • Technology Khabar | २१ जेष्ठ २०७७, बुधबार

काठमाडौं ।

सोनीको नयाँ प्लेस्टेशनको सबैजना उत्सुकताका साथ पर्खिरहेको बेलामा कम्पनीले भने आफ्ना फ्यानहरुलाई अझ केहि समय कुराउने भएको छ । सोनीले गेमिङ्ग कन्सोल प्लेस्टेशन ५ यहि जून ४ तारिखमा लन्च गर्ने योजनासहित अनलाइन लन्च इभेन्ट राखेको थियो ।

तर अमेरिकामा जारी आन्दोलनका कारण त्यसमा असर परेकोछ ।किनकी कम्पनीले यसको अनलाइन इभेन्टलाई स्थगित गरेको छ ।

कम्पनीले आफ्नो ट्विटर एकाउन्टमा सो बारेमा जानकारी राखेपनि अर्को मिति कहिले  हुने हो भन्ने स्पष्ट छैन् ।

कम्पनीले ट्विटरमा अमेरिकी आन्दोलनको बारेमा बोलेको छैन तर यो उपयुक्त समय नभएको उल्लेख गरेको छ ।

‘यो उत्सव मनाउने समय नभएको हामीले महशुस गरेका छौं र अब हामी पछाडी बस्न चाहन्छौं र महत्वपूर्ण आवाजहरुलाई सुनिनका लागि अनुमति दिनेछौं,’ कम्पनीले ट्वीटमा भनेको छ ।

सो इभेन्टमा सोनीले आफ्नो नयाँ गेम कन्सोल प्लेस्टेशन ५ र त्यसमा खेल्न सकिने गेमहरु सार्वजनिक गर्ने तयारी गरेको थियो ।

यसअघि नै कम्पनीले अश्वेत नागरिकहरुको आवाजलाई समर्थन गरेको थियो । र भेदभावको विरुद्धमा भएको बताएको थियो । एजेन्सीका साथ

प्रकाशित: २१ जेष्ठ २०७७, बुधबार

तपाइको प्रतिक्रिया