Technology Khabar १५ जेष्ठ २०७७, बिहीबार
काठमाडौं ।
सरकारले देशभरका सबै मालपोत कार्यालयलाई अनलाइन प्रणालीमा लैजाने भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७७८ को बजेट प्रस्तुत गर्दै मालपोत कार्यालयलाई अनलाइन प्रणालीमा लाने घोषणा गरेका हुन् ।
जग्गा व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग गरिनुका साथै मालपोत कार्यालयका सेवाहरुलाई प्रविधि मैत्री बनाइने छ । उनले सम्पूर्ण सेवा अनलाइन मार्फत उपलब्ध गराउनेगरि व्यवस्था मिलाईने बजेटमा घोषणा गरेका छन् ।
प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार