स्मार्टफोन, इ-पासपोर्ट, क्रिप्टो वालेटका लागि सामसङको नयाँ सेक्यूरिटी चिप सार्वजनिक

Technology Khabar १३ जेष्ठ २०७७, मंगलवार

स्मार्टफोन, इ-पासपोर्ट, क्रिप्टो वालेटका लागि सामसङको नयाँ सेक्यूरिटी चिप सार्वजनिक
Global IME Bank

काठमाडौं ।

सामसङले हालै नयाँ सेक्यूरिटी चिप सार्वजनिक गरेको छ, जून स्मार्टफोनहरुर अन्य मोबाईल डिभाइसहरुका लागि अहिलेसम्मकै सबैभन्दा सुरक्षित रहेका बताईएको छ ।

यो नयाँ सेक्यूरिटी चिप ई-पासपोर्ट, र हार्डवेयर वालेटहरु जस्तै- क्रिप्टोकरेन्सीका लागि पनि प्रयोग गर्न सकिन्छ ।

यो नयाँ चिप छुटै कामगर्न सक्ने गरि स्ट्याण्डअलोन सेक्यूरिटी सिस्टम र निश्चित सफ्टवेयरसहित आउँछ जसले डिभाइसहरुलाई बूटिङ्ग गर्नबाट रोक्नका लागि सक्षम छ त्यसैगरि क्लाउडमा डाटा स्टोर नभएको बेला अथवा मोबाइल भुक्तानीको कार्यक्षमताको बेलामा समेत सुरक्षा गर्दछ ।

यो चिपमा सिसिएल ईएएल ६ प्लस स्तर रहेको छ जसले स्टोरेज क्षमतालाई दोब्बर सुरक्षित पार्नेछ।

यो चीपले कुनैपनि डिभाइसको मुख्य प्रोसेसरभन्दा बाहिर नै रहेर स्वतन्त्ररुपले कामगर्नसक्ने सामसङले बताएकोछ । सामसङको नयाँ चिप २०२० को तेस्रो त्रैमासमा उपलब्ध हुनेछ । एजेन्सीका साथ

प्रकाशित: १३ जेष्ठ २०७७, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया