स्टार्टअप कम्पनीहरुलाई सहयोग गर्न एआईबिएल एस क्यापिटलले नयाँ योजना ल्यायो

Technology Khabar १३ जेष्ठ २०७७, मंगलवार

स्टार्टअप कम्पनीहरुलाई सहयोग गर्न एआईबिएल एस क्यापिटलले नयाँ योजना ल्यायो
Global IME Bank

काठमाडौं ।

एआईबिएल एस क्यापिटल लिमिटेडले कोभिड १९ को महामारीले असर पारेका स्टार्टअप कम्पनीहरुका लागि नयाँ प्रडक्ट सार्वजनिक गरेको छ ।

कम्पनीले हालै बिजनेस एसेसमेन्ट एण्ड इम्प्याक्ट एनालाईसिस र स्टार्टअप सेटअप एण्ड क्यापिटल फण्डिङ्ग योजना ल्याएको हो ।

कम्पनीले कर्पोरेट एडभाइजरी सर्भिसअन्तरगत कुनैपनि नयाँ आईडियाहरुलाई वित्तीय अभाव नहोस भनेर नयाँ प्रडक्ट ल्याएको हो ।

सो अन्तरगत स्टार्टअपहरुले आफ्ना व्यवसाय शुरु गर्न सक्नेछन भने कम्पनीले त्यसको लागि मार्केट एसेसमेन्ट, वित्तीय संम्भाव्यता र पूँजी उठाईदिने कार्य गर्नेछ ।

यी दुईबाहेक एआईबिएल एस क्यापिटलले फण्ड म्यानेजमेन्टको समेत कार्य गर्दै आएको जनाएको छ ।

प्रकाशित: १३ जेष्ठ २०७७, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया