Technology Khabar ७ जेष्ठ २०७७, बुधबार
काठमाडौं ।
टेक कम्पनी ह्वावेले सन् २०२०को पहिलो त्रैमासमा १ करोड ५० लाख भन्दा बढि ५जी स्मार्टफोनहरु आपूर्ति गरेको छ।
हालै आयोजना भएको ह्वावे ग्लोबल एलालिस्ट समिट २०२० मा ह्वावेका एक उपाध्यक्षले कम्पनीको ५जी डिभाइसको प्रगतिको बारेमा जानकारी दिएका थिए ।
सो जानकारीअनुसार कम्पनीले पहिलो त्रैमासिकमा १ करो ५० लाख भन्दा बढि ५जी स्मार्टफोन बजारमा बिक्री गर्न सफल भएको छ । ह्वावे यो नतिजासँगै चिनियाँ ५जी बजारमा पहिलो स्थानमा रहेको छ ।
यो आपूर्तिका साथमाह्वावे चिनियाँ फाइभजी स्मार्टफोन बजारमा ५५.४ प्रतिशत हिस्सासहित पहिलो स्थानमा छ। यसका अतिरिक्त कम्पनीले विश्व बजारमा ५जी मोबाइल फोनको ३३.२ प्रतिशत हिस्सा ओगटेको छ ।
सन् २०२० को मे महिनासम्ममा ह्वावेले १९ वटा फाइभजी मोबाइल फोनहरु लन्च गरिसकेको छ । अधिकांश स्मार्टफोनहरु २८१ डलरदेखि २२५१ डलरको बिचका मूल्यमा रहेका छन् ।
बजार अनुसन्धान संस्था स्ट्राटेजीक एनालाइटिक्सले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार पहिलो त्रैमासमा विश्वभर ५जी मोबाइल फोनको मागमा कमी आएको छ।
यसैबिच अमेरिकाले ह्वावेलाई लगाएको प्रतिबन्ध थप कडा गरेसँगै कम्पनीले संभावित विकल्पहरुको बारेमा पनि हेरिएको छ । एजेन्सीका साथ
प्रकाशित: ७ जेष्ठ २०७७, बुधबार