आइडिपी स्टडी अब्रोड एप सार्वजनिक, विश्वभरका विश्वविद्यालयहरुसँग जोडिन सकिने

Technology Khabar ६ जेष्ठ २०७७, मंगलवार

काठमाडौं ।

आईडीपी एजुकेसनले विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीलाई त्यहाँका उत्कृष्ट कलेजसँग सम्पर्क गर्नका लागि मोबाइल एप सार्वजनिक गरेको छ ।

संस्थाले ‘आइडिपी स्टडी अब्रोड'(IDP Study Abroad) एप लन्च गरेको छ, जसबाट विश्वका अग्रज विश्वविद्यालयसँग जोड्न सकियोस्।

सो आइडिपी स्टडी अर्बोड एप आइडिपी एजुकेसनका ग्लोबल एजुकेशन स्पेसियालिस्टले विद्यार्थीका लागि लन्च गरेका हुन् । सो एपमार्फत घरमा नै आरामदायी तरीकाबाट विद्यार्थीहरुले अन्तर्राष्ट्रिय अध्ययन गर्न सरल हुने कम्पनीको भनाई छ।

आईडीपी नेपालका प्रमुख अविशेक श्रेष्ठले मोबाइल एपमार्फत कम्पनीले आफ्नो ५० वर्षको ज्ञान र अनुभवमार्फत विद्यार्थीलाई उत्कृष्ट कलेज र उनीहरुले अफर गर्ने विभिन्न कोर्षको जानकारी सहज रुपमा प्रदान गर्ने  बताए ।

‘हामी अहिलेको यात्राको चुनौतीलाई महशुस गर्न सक्छौं त्यसैकारण यो एप योजना भन्दा चाँडै लन्च गरेका हौं । हाम्रो उद्धेश्य विद्यार्थीहरुले आफ्नो घरबाट नै कलेजको बारेमा सबै जानकारी हासिल गर्न सकुन् भन्ने हो।’ श्रेष्ठले भने ।

सो एपमा विद्यार्थीहरुले विश्वभरका ६५० भन्दा बढी विश्वविद्यायलमा रहेका कोर्षको अध्ययन गरी आफूलाई मन परेको कोर्ष छनौट गर्न सक्नेछन् । त्यसैगरि विश्वविद्यालयको भर्नाको विषयमा निरन्तर अपडेटमा बस्न सकिने लगायतका सुबिधा रहेको आईडीपीले जनाएको छ ।

यदि तपाईँ पनि यो एप डाउनलोड गर्न चाहनुहुन्छ भने एन्ड्रोयडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुस् ।

प्रकाशित: ६ जेष्ठ २०७७, मंगलवार

तपाइको प्रतिक्रिया