
काठमाडौं ।
खाना सम्बन्धी अनलाइन सेवाहरू प्रदान गर्ने कम्पनी जोमाटोले अहिलेको कोरोना भाइरस महामारीको कारणले काम गर्ने कर्मचारीहरुमा १३ प्रतिशत कटौती गर्ने भएको शुक्रबार घोषणा गरेको छ ।
हाल कम्पनीले करीव ४००० कामदारहरूलाई रोजगारी दिईरहेको छ।
जोमाटोका संस्थापक र सीईओ दीपिंदर गोयलले भने कि कम्पनीको व्यवसायका धेरै पक्ष पछिल्ला केही महिनामा परिवर्तन भएका छन् र ती मध्ये धेरै परिवर्तनहरु स्थायी हुन लागेका छन्।
‘हामी हाम्रा सबै कर्मचारीहरूका लागि पर्याप्त काम पाउने आशा देख्दैनौं। हामी लगभग १३ प्रतिशत कर्मचारीहरू आगामी दिनमा आफूसँग राख्न असमर्थ हुनेछौं।,’ उनले भने ।
उनले कटौतीबाट प्रभावित भएका कुनै पनि कर्मचारीलाई आउँदो २४ घण्टामा कम्पनीको नेतृत्व टोलीबाट जूम कलका लागि आमन्त्रित गरनिे जानकारी दिए।
यी बाहेक, अहिले ननिकालिएका कर्मचारीहरु जोसँग हाल केहि काम छैन् उनीहरूले पनि केबल ५० प्रतिशत मात्रै तलब पाउनेछन्।
गोयलले भने कि कटौती गरिएका त्यस्ता कर्मचारीहरूबाट आशा गर्दछौं कि उनीहरूले यो समय नयाँ जागिर खोज्नको लागि आफ्नो सबै समय र शक्ति खर्च गर्नेछन्। कम्पनीले जूनदेखि आफ्ना सबै कर्मचारीहरूको तलबमा ५० प्रतिशत कटौती गर्ने जानकारी दिएको छ।
प्रकाशित: ५ जेष्ठ २०७७, सोमबार