गूगल क्रोमले प्रयोगकर्ताहरुलाई खोलिएका ट्याबहरु मिलाउन दिने फीचर ल्यायो

  • Technology Khabar | १ जेष्ठ २०७७, बिहीबार
गूगल क्रोमले प्रयोगकर्ताहरुलाई खोलिएका ट्याबहरु मिलाउन दिने फीचर ल्यायो

काठमाडौं ।

गूगल क्रोमले हालै प्रयोगकर्ताले खोलेको ट्याबहरु व्यवस्थित गर्न नयाँ फीचर लन्च गरेको छ । कम्पनीले आफ्नो वेब ब्राउजर क्रोमका लागि ल्याएको ट्याब ग्रुप्सको बीटा भर्सनले तपाईँलाई ट्याबहरु मिलाउन सहयोग गर्दछ ।

नयाँ फीचरअनुसार अब तपाईँले लेबल राख्न वा कलर कोड गर्न समेत सक्नुहुनेछ, जसले तपाईँलाई आफ्नो महत्वपूर्ण काम गरिरहेको ट्याब चिन्न सहज हुन्छ ।

नयाँ फीचर आगामी सातादेखि रिलिज हुने बताईएको छ ।

नयाँ फीचर प्रयोग गर्नको लागि तपाईँले ट्याबमा राईट क्लीक गर्नुपर्ने हुन्छ, त्यसमा तपाईँले एड ट्याब टू ग्रुप छनौट गर्नुपर्दछ ।तपाईँले त्यसपछि पहिलेकै ग्रुपलाई मुभ गर्न वा नयाँ ट्याब सिर्जना गर्नसक्नुहुनेछ जसमा तपाईँले नाम र लेबल लेख्न सक्नुहुनेछ ।

यो फीचर कम्पनीले महिनौदेखि परीक्षण गरिरहेको छ, जून केहि प्रयोगकर्ताहरुले यसअघिदेखि नै भेटेका थिए ।

नयाँ फीचरअन्तरगत ट्याब ग्रुप्सले उनीहरुको लेबल्समा ईमोजी समेत सपोर्ट गर्दछन्।

वेब ब्राउजरमा धेरै ट्याब खोलिनु लामो समय इन्टरनेटमा बिताउनेहरुका लागि सामान्य जस्तै हो, जहाँ तपाईँले काम, अध्ययन, अनुसन्धान, सपिङ्ग, मनोरन्जन एकैसाथ प्राप्त गर्नसक्नुहुन्छ । एजेन्सी

प्रकाशित: १ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...