ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ५७.४५ प्रतिशत निकायहरुमा पुग्यो, ४१ जिल्लामा सेवा सञ्चालन

  • Technology Khabar | १ जेष्ठ २०७७, बिहीबार
ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ५७.४५ प्रतिशत निकायहरुमा पुग्यो, ४१ जिल्लामा सेवा सञ्चालन

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषअन्तरगत संचालित १८ वटा प्याकेजमध्ये ११ वटा प्याकेज अन्तरगतका नेटवर्क तथा कनेक्टिभिटी जडान भई ४१ जिल्लामा सेवा संचालन भईरहेको जानकारी दिएको छ ।

हालसम्म ग्रामिण दूरसञ्चार विकाष कोषअन्तरगतका ब्रोडब्याण्ड इन्टरनेट एक्सेस अन्तरगत कुल ५७.४५ प्रतिशत इन्टरनेट जडान सम्पन्न भएको बताईएको छ ।

प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै ब्रोडब्याण्ड इन्टरनेट एक्सेस र सूचना महामार्ग पूर्वाधार निर्माणमा भएका हालसम्मको प्रगति बिबरणहरु सार्वजनिक गरेको छ ।

ब्रोडब्याण्ड इन्टरनेट एक्सेस अन्तरगत ४ वटा प्याकेजहरुमा नेटवर्क तथा कनेक्टिभिटी जडानको लागि सेवा प्रदायक छनौट भई नेटवर्क निर्माण कार्य भईरहेको जनाएको छ ।

प्राधिकरणकाअनुसार १८ वटा प्याकेजमा कुल अनुमानित साइट संख्या १६ हजार ६०१ भएकोमा स्थानिय निकायको कार्यालय ७०१ वटा, वर्डा कार्यालय ५९५२ वटा माध्यमिक विद्यालयहरु ५५९७ वटा र स्वास्थ्य संस्थाहरु ४३५१ वटा रहेको छ ।

सम्झौता भएका १५ वटा प्याकेजका साइट संख्याहरुमध्ये स्थानिय निकायको कार्यालय ५७४ वटा, वडा कार्यालय ४८०४ वटा, माध्यमिक विद्यालयहरु ४,४८७ वटा र स्वास्थ्य संस्थाहरु ३,५८१ वटा सहित कुल १३ हजार ४६५ वटा रहेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार त्यसमध्ये इन्टरनेट जडान सम्पन्न भएका स्थानिय निकायको कार्यालय ४३१ वटा, वडा कार्यालय ३,६१२ वटा माध्यमिक विद्यालयहरु २,९४८ वटा र स्वास्थ्य संस्थाहरु २,५४६ वटा रहेका छन् ।

प्रतिशतको आधारमा हेर्दा इन्टरनेट जडान सम्पन्न भईसकेका स्थानिय निकायको कार्यालयहरु ६१।४८ प्रतिशत, वडा कार्यालयहरु ६०.६८ प्रतिशत, माध्यमिक विद्यालयहरु ५२.६७ प्रतिशत, स्वास्थ्य संस्थाहरुको संख्या ५८.५२ प्रतिशत र समग्रमा ५७.४५ प्रतिशत रहेको छ ।

*हेडलाइन सम्पादन

प्रकाशित: १ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार