
काठमाडौं ।
महिन्द्रा इलेक्ट्रिक कारको आधिकारिक विक्रेताले ग्राहकहरुको घरमा नै सर्भिस प्रदान गरेको छ ।
महिन्द्रा इलेक्ट्रिक कारको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले वैशाख २३ गते मंगलबारदेखि २५ गते बिहीबारसम्म आफ्ना ग्राहकहरूका लागि घरमै सेवा प्रदान गरिरहेको छ ।
महिन्द्रा इलेक्ट्रिक कार वर्तमान विश्व स्वास्थ्य महामारीका समयमा अग्रपंक्तिमा रहेर खटिइरहेका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको रोजाइ समेतमा पर्दै आएको बताएको छ।
यसबाट अग्रपंक्तिमा रही सेवामा खटिनेहरूको सेवामा थप मद्दत पुग्ने अग्नि ग्रुपले विश्वास व्यक्त गरेको छ ।
यो सेवा लिनका लागि तोकिएका नम्बरहरूमा सम्पर्क राख्न ग्रुपले अनुरोध गरेको छ।
प्रकाशित: २५ बैशाख २०७७, बिहीबार