Technology Khabar २४ बैशाख २०७७, बुधबार
काठमाडौं ।
अफ्रिकामा पहिलो पटक ५जी नेटवर्क शुरु भएको छ । दक्षिण अफ्रिकाको मल्टिेशनन अपरेटर भोडाकम ग्रुपले अफ्रिकाको पहिलो व्यवसायीक मोबाइल ५जी नेटवर्क शुरु गरेको हो ।
कम्पनीकाअनुसार अस्थाईरुपमा उपलब्ध रहेको स्पेक्ट्रमको आधारमा कम्पनीले सर्भिस रोलआउट गरेको हो । यो सेवाले अहिलेको महामारीको समयमा अपरेटरलाई बढ्दो माग पुरा गर्न सहयोग गर्ने अनुमान गरिएको छ ।
भोडाकमले दक्षिण अफ्रिकाको राजधानी जोहनेसबर्गसहित प्रेटोरिया, केप टाउनमा २० वटा ५जी साइटहरु जडान गरेको छ । ती साइटहरुले हाल मोबाइल र फिक्स्ड वायरलेस एक्सेस सर्भिसेज उपलब्ध गराउँछ ।
अपरेटरले ५० मेगाहर्ज फ्रिक्वेन्सी अस्थाईरुपमा ३.५ गीगाहर्ज ब्याण्डमा प्रयोग गरिरहेको छ जून नियमनकारी निकायले ५जी लन्च गर्नका लागि उपलब्ध गराएको थियो ।
कम्पनीले अधिक स्मार्टफोनहरु, वाईफाई र एफडब्लूए राउटरहरु बजारमा उपलब्ध भएसँगै सेवा बिस्तार गर्ने जनाएको छ ।
हाल कम्पनीले एलजी भी५० थिंक ५जी स्मार्टफोन र ह्वावे ५जी सिपिई प्रो राउटर उपलब्ध गराईरहेको छ । एजेन्सी
प्रकाशित: २४ बैशाख २०७७, बुधबार