युवा व्यवसायीहरुद्धारा सञ्चारकर्मीहरुका लागि प्रेस ज्याकेट, पञ्जा र मास्क हस्तान्तरण

  • Technology Khabar | २३ बैशाख २०७७, मंगलवार
युवा व्यवसायीहरुद्धारा सञ्चारकर्मीहरुका लागि प्रेस ज्याकेट, पञ्जा र मास्क हस्तान्तरण

काठमाडौं ।

काठमाडौंका युवा व्यवसायीहरुले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणको समाचार संकलनमा क्रियाशील सञ्चारकर्मीहरुका लागि आवश्यक प्रेस ज्याकेट, पञ्जा र माक्स नेपाल पत्रकार महासंघको एशोशियट्स शाखा नेपाल पत्रकार मञ्चलाई हस्तान्तरण गरेका छन् ।

युवा व्यवसायीहरु पिङ्कु सरावगी, रवि अग्रवाल नेतृत्वको टिमले नेपाल पत्रकार मञ्चलाई ५० थान प्रेस ज्याकेट, २ सय थान पञ्जा र ५०० थान माक्स नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई हस्तान्तरण गरेका हुन् ।

उपलब्ध गराईएका ती सामग्रीहरु विभिन्न सञ्चार माध्यममा क्रियाशील नेपाल पत्रकार मञ्चका सदस्यहरुलाई वितरण गरिने मञ्चका महासचिव विमलकुमार थापाले जानकारी दिए ।

यस्तै युवा व्यवसायी पिङ्कु सरावगीले यस्तो जटिल परिस्थितिमा पनि अहोरात्र खटिएर आम नागरिकहरुलाई सुसूचित गर्ने कार्यमा क्रियाशील पत्रकारहरुलाई आफूहरुले सहयोग गर्न पाएकोमा खुशी लागेको बताए ।

यसैगरि युवा व्यवसायीहरुले उपत्यकामा रहेका गरिब विपन्न र मजदुरलाई १५ दिनलाई पुग्ने राहतसमेत उपलब्ध गराउँदै आएका छन् । उनीहरुले अस्पतालका डाक्टरहरुका लागि मास्क र पिपिई समेत प्रदान गरिरहेका छन् ।उनीहरुले जनावरहरुको लागि समेत खानेकुरा उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित: २३ बैशाख २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...