स्मार्टफोन ढिलो चार्ज हुँदा दिक्क हुनुभयो, त्यसोभए फास्ट चार्ज गर्ने यी पावरफुल टिप्स हेर्नुस्

  • Technology Khabar | २२ बैशाख २०७७, सोमबार
स्मार्टफोन ढिलो चार्ज हुँदा दिक्क हुनुभयो, त्यसोभए फास्ट चार्ज गर्ने यी पावरफुल टिप्स हेर्नुस्

काठमाडौं ।

आजकल स्मार्टफोन निर्माता कम्पनीहरूले उनीहरूको मिडरेन्ज र त्यस माथिको श्रेणीका स्मार्टफोनमा फास्ट चार्ज सुविधा प्रदान गरिरहेका छन्। तर यस्ता धेरै प्रयोगकर्ताहरू छन् जससँग फास्ट चार्ज स्मार्टफोनहरू छैनन् र उनीहरूको फोनहरू ढिलो चार्ज हुने गरेको छ।

फोन  ढिलो चार्ज हुने धेरै कारणहरू छन् । स्मार्टफोन ढिलो चार्ज हुनुको पछि कयौं कारणाहरु हुनेगर्दछ जसलाई चाँडै याद गरिँदैन् । यदि तपाईँको पनि स्मार्टफोन ढिलो चार्ज हुन्छ भने यहाँ हामी तपाईंलाई केहि सुझावहरू बताइरहेका छौं, जसको सहयोगमा तपाईं आफ्नो स्मार्टफोन फास्ट चार्ज गर्न पनि सक्नुहुनेछ ।

सक्कली चार्जर प्रयोग गर्नुहोस्

स्मार्टफोन चार्ज गर्दा सँधै सक्कली र कम्पनीले उपलब्ध गराएको चार्जर मात्रै प्रयोग गर्नुहोस् । बजारमा सस्तो मूल्यमा किन्न पाईने नक्कली र सस्तो चार्जर प्रयोग नगर्नुहोस् । यसो गर्दा तपाईँको स्मार्टफोन पड्किने सम्भावना धेरै हुन्छ साथै स्मार्टफोन खराब हुने खतरा पनि हुन्छ।

फोनमा भएका यी मोडहरू प्रयोग गर्नुहोस्

तपाईँको स्मार्टफोनमा विभिन्न मोड प्रयोग गर्नका लागि अप्सनहरु दिईएको हुन्छ । सँधै पावर सेभिंग मोड र ब्याट्री सेभर Power saving mode/ Battery saver मोड प्रयोग गरेर स्मार्टफोन चार्ज गर्नुहोस्। यसो गर्दा स्मार्टफोनमा भएका ब्याकग्राउण्ड एप्स बन्द गर्दछ र स्मार्टफोन छिटो चार्ज हुनेछ।

फोन बन्द गर्नुहोस् र चार्ज गर्नुहोस्

तपाईं फोनलाई स्विच अफ गरेर पनि चार्ज गर्न सक्नुहुनेछ, त्यसो गरेपछि स्मार्टफोनलाई छिटो चार्ज गर्न सकिनेछ किनभने नेटवर्क सिग्नलहरू बन्द हुनेछ र धेरै जसो एप्स पनि बन्द हुनेछन्, यसैले फोनको ब्याट्री चाँडै चार्ज हुनेछ।

फ्लाईट मोडमा चार्ज गर्नुहोस्

यदि तपाईँ फोनलाई अन नै राखेर चार्ज गर्न चाहनुहुन्छ भने फोनलाई फास्ट चार्ज गर्न फ्लाइट मोडमा राख्नुहोस् । यो सुबिधा अहिलेको हरेक स्मार्टफोनमा राखिएको हुन्छ । फोनलाई फ्लाइट मोडमा मोबाइल नेटवर्क सिग्नल, वाईफाई, ब्लूटूथलगायत अनावश्यक कनेक्सनहरु बन्द हुन्छ र फोन छिटो चार्ज हुन्छ ।

पछाडिको कभर र चार्ज हटाउनुहोस्

हामी सबैले आफ्नो स्मार्टफोन सुरक्षित राख्न फोनमा ब्याक कभर राख्ने गर्दछौं, तर सायद तपाईँलाई थाहा छैन कि ब्याक कभरको साथ फोन चार्ज गर्नाले हिट रिलीज हुँदैन, कभर लगाएर नै फोन चार्ज गर्नाले यसले फोनलाई तातो पार्छ र फोन तात्दा  हिट बाहिर रिलिज गर्न दिँदैन् जसले ब्याट्रीको दक्षता कम बनाउँछ । यदि तपाईंले कभर हटाउनुभयो भने हिट बाहिर जान्छ र फोनलाई चाँडै चार्ज गर्न सकिन्छ।

नक्कली डाटा केबल प्रयोग नगर्नुहोस्

अधिकांश समय यस्तो देखिन्छ कि डाटा केबल तिब्रगतिले बिग्रिरहेको छ । छिटोछिटो डाटा केबल बिग्रँदा मानिसहरूले सस्तो र नक्कली डाटा केबल प्रयोग गर्छन् तर चार्जर भने ओरिजिनल नै हुन्छ । त्यसैले नक्कली डाटा केबलको उपयोगले फोनलाई ढिलो चार्ज गर्ने मात्र नभई त्यसले तपाइँको फोन पनि बिगार्न सक्छ।

 

प्रकाशित: २२ बैशाख २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २२ बैशाख २०७७, सोमबार