ताम्राकार मोबाइल हाउस र भर्जिन मोबाइल ग्यालरीले पत्रकारलाई मास्क र स्यानिटाईजर दिँदै

  • Technology Khabar | २३ बैशाख २०७७, मंगलवार
ताम्राकार मोबाइल हाउस र भर्जिन मोबाइल ग्यालरीले पत्रकारलाई मास्क र स्यानिटाईजर दिँदै

काठमाडौं ।

ताम्राकार मोबाइल हाउस र भर्जिन मोबाइल ग्यालरीको सहयोगमा पत्रकारलाई सुरक्षा सामग्री वितरण गरिएको छ।

फिल्डमा खटिने पत्रकार र फोटो पत्रकारलाई मास्क स्यानिटाइजर लगायतका सुरक्षा सामग्री वितरण गरिएको हो।

‘पहिलो पंक्तिमा रहेर काम गर्ने पत्रकारले बढि सुरक्षा सावधानी अपनाउनु पर्ने भएकाले मास्क लगायका सामाग्री उपलब्ध गराएका हौं,’ भर्जिन मोबाइलका प्रोपाइटर विवेक शर्माले भने।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सबैले आफ्नो क्षेत्रबाट लाग्नु पर्ने भएकाले पत्रकार पनि बढि जोखिम हुने भएकाले यसले सुरक्षाका लागि सहयोग पुग्ने शर्माको भनाइ छ ।

शर्माले काठमाडौं उपत्यकामा रहेका गरिब विपन्न र मजदुरलाई १५ दिनलाई पुग्ने राहत समेत उपलब्ध गराउँदै आएका छन्।

यसअघि उनकै पहलमा न्यूरोड क्षेत्रमा साबुन पानीले हात धुनका लागि धाराहरु राखिएको थियो ।

प्रकाशित: २३ बैशाख २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...