सम्पूर्ण प्रदेशसहित स्थानीय तहहरुलाई लाइसेन्सयुक्त जूम एप उपलब्ध गराउँदै सरकार

  • Technology Khabar | २३ बैशाख २०७७, मंगलवार
सम्पूर्ण प्रदेशसहित स्थानीय तहहरुलाई लाइसेन्सयुक्त जूम एप उपलब्ध गराउँदै सरकार

काठमाडौं ।

सरकारले सम्पूर्ण प्रदेशसहित स्थानीय तहहरुलाई अनलाइन बैठक गर्नका लागि भिडियो कन्फ्रेन्सिङका एप जूम उपलब्ध गराउने भएको छ।

कोरोनाभाइरसको महामारीको आपतकालिन अवस्थामा अनलाइन बैठक गर्न सकियोस भनेर सरकारले दातृ निकायको सहयोगमा जूम एपको लाइसेन्स उपलब्ध गराउन लागेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(यूएनडीपी)को सहयोगमा जूमको लाइसेन्सयुक्त सफ्टवेयर मन्त्रालय, सबै प्रदेश र ७५३ वटै स्थानीय तहलाई उपलब्ध गराउने भएको हो ।

मन्त्रालयको सूचना तथा प्रविधि शाखाले मन्त्रालय, सबै प्रदेश र प्रत्येक स्थानीय तहहरुलाई एक/एक वटा जूम लाइसेन्सका लागि आधिकारिक व्यक्तिको आवश्यक विवरण उपलब्ध गराउन भन्दै पत्राचार गरेको छ।

कोरोनाभाइरसको महामारीले गर्दा विश्वभर लकडाउनको अवस्था भएको हुँदा अहिले भिडियो कन्फेरेन्सिङ्गको लागि जूम एप निकै उपयोगी हुँदै आएको छ ।

लकडाउन पछि नेपालमा पनि सरकारी, निजी र व्यक्तिगत किसिमले जूम एपको प्रयोग उच्च मात्रामा हुँदै आएको छ ।

लाइसेन्सयूक्त जूम एप लिनको लागि स्थानिय तहहरुले आफ्नो बारेमा आधिकारीक जानकारीहरुसहितको बिबरण अनलाइनबाटै भरेर बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

सरकार, प्रदेश र स्थानिय तहहरु सबैले जूम एपको लागि यहाँ क्लिक गरेर बिबरणहरु बुझाउनु सक्नेछन् ।

Notices-2020050517580229

प्रकाशित: २३ बैशाख २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...