भारतीय टेलिकम अपरेटर जियोले भिडियो कन्फरेन्सिङ्ग एप ल्याउने,

  • Technology Khabar | १९ बैशाख २०७७, शुक्रबार
भारतीय टेलिकम अपरेटर जियोले भिडियो कन्फरेन्सिङ्ग एप ल्याउने,

काठमाडौं ।

कोरोना भाइरस महामारीको कारण विश्वव्यापी लकडाउनले भिडियो कन्फरेन्सिङ्ग सेवालाई निकै प्रोत्साहन दिईरहेको छ।

विश्वभर भिडियो कन्फरेन्सिङ्ग सर्भिसको माग बढेसँग भारतीय टेलिकम कम्पनी रिलायन्स जियो पनि अब यस बजारमा प्रवेश गर्ने तयारी गर्दैछ।

रिलायन्स जियोले कम्पनीले भिडियो कन्फरेन्सिङ्ग एप लन्च गर्ने तयारी गरिरहेको बताएको छ। यो एप चाँडै नै उपलब्ध हुनेछ। यो एपलाई ‘जियो मिट'(Jio Meet) भनिनेछ र यो रिलायन्स इन्डस्ट्रीजका साथमा मिलेर तयार गरीनेछ।

एक रिपोर्टका अनुसार रिलायन्स जियोका वरिष्ठ उपाध्यक्ष पंकज पवारले भनेका छन् की जियो मिट एक प्लेटफर्म हो जुन अरुभन्दा फरक छ र यसले सबै उपकरणहरू तथा सबै अपरेटिङ्ग सिस्टमहरूमा काम गर्न सक्छ।

कम्पनीले जियो मिटलाई छिटै लन्च गर्ने जानकारी दिएको छ ।

यसअघि गुगलले पनि आफ्नो भिडियो कन्फरेन्सिंग एप ‘गुगल मिट’ सबैका लागि निशुल्क गर्ने घोषणा गरेको थियो ।

त्यस्तै फेसबुक माइक्रोसफ्टले पनि भिडियो कन्फरेन्सिंग एपलाई प्रबर्द्धन र सबैका लागि उपलब्ध गराउने काम गरिरहेका छन् । किनकी भिडियो कन्फरेन्सिंग एप जूमले हाल सबैलाई आकर्षित गरिरहेको छ । एजेन्सीका साथ

 

प्रकाशित: १९ बैशाख २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार