
काठमाडौं ।
कोभिड-१९ महामारीले स्मार्टफोन उद्योगलाई निकै असर पारेको छ जसले ओईएम कम्पनीहरुलाई आफ्नो उत्पादनहरुको बारेमा पनि अनिश्चित बनाईदिएको छ ।
हालै आएको एक रिपोर्टअनुसार सामसङले आफ्नो उत्पादनमा प्रयोग हुने कम्पोनेन्टहरुको अर्डरलाई आधा बनाएको छ ।
यसअघिका रिपोर्टकाअनुसार सामसङले अहिले मासिकरुपमा १ करोड स्मार्टफोन यूनिट बनाईरहेको जानकारी आएको छ । यसअघि कम्पनीले आफ्नो उत्पादन २ करोड ५० लाख यूनिटबाट घटाएर अहिले १ करोड बनाएको रिपोर्टमा उल्लेख छ ।
कम्पनीले अर्डरहरुमा गरेको ५० प्रतिशत कटौतीले चाँडै बजारमा सुधार हुने अपेक्षा नगरिएको अनुमान रहेको छ । कम्पनीको अर्डर कटौती हाई इण्ड स्मार्टफोनदेखि इन्ट्रि लेभलको स्मार्टफोनसम्म रहेको छ । एजेन्सीका साथ
प्रकाशित: १८ बैशाख २०७७, बिहीबार