
काठमाडौं ।
माइक्रोसफ्टले आगामी ५ वर्षसम्म कोकाकोलालाई बिजनेस सफ्टवेयर आपूर्ति गर्ने भएको छ । कम्पनीले यसमा टिम्सच्याट एप र कस्टरम सर्भिस एजेन्टहरुको लागि आवश्यक पर्ने टूल्स पनि उपलब्ध गराउने छ ।
माइक्रोसफ्ट कर्पले कोकाकोला कम्पनीसँगको सम्झौता बारे हालै जानकारी गराएको छ । जसमा कति मूल्यमा सो डिल भयो भन्ने खुलाईएको छैन्, जसमा डाइनामिक्स ३६५, माइक्रोसफ्ट टूल्स समेत रहेको छ जसले सेल्सफोर्स डटकम इंकसँग सिधै प्रतिस्पर्धा गर्छ ।
माइक्रोसफ्टले सामान्य उद्धेश्यका बिजनेस सफ्टवेयरमा ससक्त पकड रहेको छ, जसमा ईमेल र वर्ड प्रोसेसिङ्ग एप्स पर्दछन् ।
कोकाकोलाका सिनियर भाइस प्रेसिडेन्ट चिफ इन्फर्मेशन एण्ड इन्टिग्रेटेड सर्भिसेज अफिसर ब्यारी सिम्पसनले माइक्रोसफ्टको सफ्टवेयरले कम्पनीलाई पुराना विभिन्न र अलग अलगक टुक्रामा रहेका सिस्टमहरुलाई हटाउन सहयोग पुग्ने बताएका छन् । एजेन्सी
प्रकाशित: १६ बैशाख २०७७, मंगलवार