
काठमाडौं ।
म्यासाचुसेट इन्स्टिच्यूट अफ टेक्नोलोजी(एमआईटी) ले हालै नयाँ किसिमको निकै हलुका सेन्सरहरुको विकास गरेको छ जसलाई कपडाहरुमा एकिकृत गरेर प्रयोग गर्न सकिन्छ । यो नयाँ सेन्सर पोलिस्टर जस्ता फेब्रिकहरुमा पनि प्रयोग हुन्छ जून प्राय खेलकुद पोशाकको रुपमा लगाउने गरिन्छ।
यो सेन्सरले शरिरको तापक्र्रम, मुटुको धड्कनको गति र स्वासप्रस्वासको गतिलगायतका महत्वपूर्ण विषयहरुलाई निरन्तर मनिटर गर्नसक्दछ ।
एमआईटिले बनाएको यी नयाँ सेन्सरहरुको प्रमुख विशेषता भनेको यी मेसिनमा धुन सकिने किसिमका छन् र यसलाई कपडाहरुमा पुरै एकिकृतरुपमा प्रयोग गरेर लगाउन सकिन्छ र त्यस्तो कपडा बाहिरबाट सामान्य देखिन्छ । यसबाहेक यी सेन्सरहरु लत्ताकपडाहरुबाट झिक्न र पुन प्रयोग गर्न सकिने किसिमका छन् ।
सो अनुसन्धानले यसको प्रोटोटाइस बनाएको छ जसले स्मार्टफोनसँग संचार गर्न सक्दछ भने यसलाई चीनमा पार्टनरहरुका साथमा मास प्रडक्सन गर्ने तयारी गरिएको छ ।
यो नयाँ किसिमको सेन्सर स्वास्थ्य उद्योगमा उपयोगी हुनेछ, भने खेलकुदका साथसाथै यसलाई अन्तरिक्षमा अन्तरिक्षयात्रीहरुको लागि भाइटल साइन मनिटर गर्नका लागि प्रयोग गर्न सकिनेछ।
एमआईटिको यो अनुसन्धानलाई नासा र एमआईटि मिडिया ल्याब स्पेस एक्प्लोरेसन इनिसिटिभले सहयोग गरेको छ तर यो सेन्सरहरु भने कोभिड १९ को महामारीको अवस्थामा स्वास्थ्य सेवामा निकै उपयोगी हुनसक्ने बताईएको छ ।
यसबाहेक यो लागतको हिसाबले पनि निकै किफायती हुनसक्ने र डाटाहरु एकिकृतरुपमा संकलन गर्न सहयोगी हुने अपेक्षा गरिएको छ । गंभिर प्रकृतिका बिरामीहरुलाई यसले निरन्तर मनिटर गरेर डाक्टरहरुलाई जानकारी दिन र त्यसले म्यानुअल चेकअप कमगर्न सकिने अनुमान छ । एजेन्सी
प्रकाशित: १४ बैशाख २०७७, आईतवार