
काठमाडौं ।
भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकले १६ वर्षभन्दा मूनिका यूजर्सलाई सिधै मेसेज पठाउन वा प्राप्त गर्न रोक लगाएको छ ।
कम्पनीले हालै आफ्नो नयाँ नियम ल्याउँदै कम उमेरका यूजर्सलाई प्राइभेट मेसेज पठाउन रोक लगाएको हो ।
अहिलेसम्म सबै यूजर्सले अरुलाई सिधै मेसेज पठाउन सक्ने सुबिधा रहेको छ । तर अबदेखि भने टिकटकमा १६ वर्षभन्दा मूनीका प्रयोगकर्ताहरुले प्राइभेट कुराकानी गर्न नपाउने व्यवस्था गरेको छ । तर उनीहरुले सार्वजनिकरुपमा भने टिकटक पोस्टमा कमेन्ट गर्न सक्नेछन् ।
टिकटकले नयाँ प्रभावअन्तरगत इन एप नोटिफिकेसनमा छिटै पठाउने र ३० अप्रिलदेखि डिरेक्ट मेसेजेजमा पहुँच बन्द हुने बताएको छ ।
यो नयाँ नियम टिकटकमा राखिएको जन्ममितिको आधारमा हुनेछ जून यूजर्सले एकाउन्ट बनाउँदा ल्याएको थियो । तर त्यसमा कुनै भेरिफिकेसन गर्ने प्रकृया भने छैन् । बीबीसी
प्रकाशित: ५ बैशाख २०७७, शुक्रबार