
काठमाडौं ।
टेलिकम क्षेत्रको सबैभन्दा ठूलो वार्षिक सम्मेलन मोबाइल वर्ल्ड कंग्रेस सन् २०२४ सम्म स्पेनको बार्सिलोनामा नियमितरुपमा आयोजना हुने भएको छ ।
सो सम्मेलनको आयोजना गर्ने जीएसएमए एसोसिएसनले अहिलेको सम्झौतालाई १ वर्षसम्म लम्ब्याएको जानकारी दिएको छ ।
‘सन् २०२४ सम्मको लम्ब्याईएको अवधिमा, हामीहरुले हाम्रो ईकोसिस्टमलाई प्रदर्शन गर्न प्रतिबद्ध छौं,’ जीएसएएमका सिईओ जोन हफम्यानले विज्ञप्तिमार्फत भने ।
उनले आगामी संस्करणको प्रदर्शनीहरुका लागि कयौं प्रदर्शकहरुबाट प्रतिबद्धता र समर्थन आएको बताए ।
प्रत्येक वर्ष बार्सिलोनामा १ लाख भन्दा बढि मानिसहरुलाई मोबाइल वल्र्ड कंग्रेसले आकर्षित गर्दछ । यो वर्ष कोरोनाभाइरसको महामारीबाट प्रभावित पहिलो व्यवसायीक गतिबिधि समेत भएको थियो भने यस पटक फरबरीमा आयोजना हुने सम्मेलन पनि स्थगित भएको थियो ।
अहिले थपिएको १ वर्षको समय सन् २०२० मा हुनुपर्ने सम्मेलन स्थगित हुनुसँग सम्बन्धित छ जसले गर्दा नयाँ सम्झौतामार्फत थप १ वर्ष स्न २०२४ सम्म आयोजना गरिन लागेको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।
प्रकाशित: ५ बैशाख २०७७, शुक्रबार